खेलकुद

बुढासुब्बा गोल्डकप: मोरङ फुटबल क्लव फाइनलमा प्रबेश

धरान रंगशालामा आज सम्पन पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पहिलो पटक साङग्रिला मोरङ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेर बराबरी खेलेपछी खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो ।टाइब्रेकरमा धरानका मिलन लिम्बुको प्रहार मोरङका गोलरक्षक पूर्ण चेम्जोङले रोकेसंगै मोरङले दोस्रो पुरस्कार सुरक्षित गर्‍यो । खेलको म्यान अफ दि म्याच पनि मोरङका गोलरक्षक चेम्जोङ घोषित हुँदै नगद १० हजार पाए।
मोरङको तर्फबाट सिमोन लिम्बु, धिरेन क्षेत्रि, आदित्य शाक्य, सागर तिर्वा र अशोक खवाशले गोल गरेका थिए भने धरानको तर्फबाट दोर्जे तामाङ, बिजय राई, अनिल राई र सुगम जिमिले मात्र गोल गर्न सफल भए। खेलको पहिलो हाफको ३२ मिनेटमा फल्ड खेलेपछी डबल कार्ड खाँदै धरानका प्रबिन भुजेलले मैदान छोडेपछी धरानमाथि मोरङले थप दबाब बढाएको थियो।

भोली बिहिबारको अन्तिम सेमिफाइनल खेल एनआरटी क्लब काठमान्डौ र काकडभिटा फुटबल ट्रेनिङ सेन्टरबिच हुने आयोजकले जनाएको छ । चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक