कोले न्युज: मङ्गलवार दिउँसो धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले आफुले राखेको एजेन्डामा फरक मत आएपछी जंगीएर बैठक स्थगित गर्दै उठेर हिडे।
कार्यपालिका बैठकमा ६ वटा एजेन्डा राखीएको थियो । मेयर साम्पाङको पहिलो एजेन्डामा सचेत धराने, स्वतन्त्र नागारिक समाज, स्वतन्त्र दिदीबहिनी समूह लगाएतले निर्माण गरेको सर्दु खोलामा निर्माण गरेको पार्कहरूलाई सूचीकृत तथा व्यवस्थापन गर्न उपमहानगरपालिकाले जिम्मा लिने निर्णय पास गर्न प्रस्ताव थियो ।
विभिन्न पार्कको नाममा प्रदेश सरकार र सङ्घीय सरकारबाट १ करोड ३२ लाख संसद् कोषबाट समेत आएकोले त्यसको प्रतिवेदन ल्याउनु पर्यो देश विदेशबाट सहयोग आएर निर्माण भएको पार्क खर्च बिबरणको प्रतिवेदन न आएको, किन श्रमदान र विदेशको सहयोगबाट मात्र निर्माण भएको भनेर हल्ला भयो त्यसको पुष्टि सहित आउनु पर्यो’ भनी कार्यपालिका सदस्य दिनेश गजमेरले प्रश्न गरेपछि साम्पाङले यो एजेन्डामा छलफलै नगर्ने अडान राखेका थिए।
कार्यपालिका सदस्य सृजना नेपालले कार्यपालिका बैठकमा जबरजस्ती निर्णय पास गर्न खोजेको र वाकस्वतन्त्रताको माग गर्दै बोल्न पाउने अधिकार माथी हस्तक्षेप नगर्न मेयर साम्पाङको ध्यानर्षण गराएका थिइन।
उपमेयर आईन्द्र बिक्रम बेघाले भने ‘मेयर साम्पाङले बैठक आवेश उत्तेजनामा स्थगित गरे ।’ उनका अनुसार बैठकमा टेबल भइरहेको बेला बैठक अध्यक्षता गरेका मेयर साम्पाङ केही नभनी जुरुक्कै उठेर जानु हुँदैन थियो । कार्यपालिका सदस्य सबै मेयर आउने आशामा कहिबेर कुरेर बसेका थिए ।
उपमेयर बेघाले भने ‘नगरपालिकाले जिम्मेवार भई ६ वटै पार्क जिम्मा लिन्छ र लिनुपर्छ ।’ तर नगर प्रमुखकै संयोजकत्वमा ३ सदस्यीय समिति बनाएर पार्क सम्बन्धी स्थानीय निकायले ऐन नियम नीति कानुन र कार्यविधि निर्माण गरेपछि मात्र सूचीकृत गर्नुपर्ने कुरा उठेपछि मेयर साम्पाङ बैठक छाडेर हिँडेका हुन ।
उनले भने ‘हचुवाको तालमा कुनै पनि कार्य गर्नु हुँदैन ।’ पार्क जिम्मा लिएपछि पार्क निर्माणका क्रममा भएका सम्पूर्ण कार्यभार जिम्मा कार्यपालिका सदस्यहरू लिनुपर्ने र त्यसको सम्पूर्ण जबाफदेहिता लिनुपर्ने भएकाले समितिको अध्ययन प्रतिवेदन सहितको राय र छलफल पछि मात्र पास गर्ने भनिएको उपमेयर बेघाले बताए ।
वडा १५ का अध्यक्ष तथा एमाले संसदीय दल नेता नरेश ईवरामले पार्क सूचीकृत हुने तर मेयर साम्पाङ सहित वडा २० का अध्यक्ष पदम लिम्बू र वडा-१३ का अध्यक्ष नेत्र काफ्ले सहितको समिति बनाएर अध्ययन अनुसन्धान गर्दै डाटा सङ्कलन गरी बजेट प्रतिवेदन तयार गर्नुपर्ने बताए ।
उनले समितिको अध्ययन रिपोर्ट आएपछि राय बिचार सहित कार्यपालिकामा छलफल गरेर मात्र पार्क सूचीकृत गरी नगरले व्यवस्थापन गर्न गर्ने जिम्मा लिने बताए ।
पार्क निर्माण भएको स्थानमा बिबादित स्थानहरु छन, पहिले बसिरहेको बस्ती पनि उठाएकोले त्यो पुर्ण बिबाद रहित बनाएर जिम्मा लिनु पर्ने नगरपालिकाले जिम्मा लिए पछि समस्या उत्पन्न भयो भने कार्यपालिकालाई नै समस्या पर्ने वडा न. २० का वडा अध्यक्षले ध्यानर्षण गराए।