२९ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र धरानले रक्तदान तथा सहिद परिवारलाई सम्मान कार्यक्रम गरेको छ ।
मंगलबार धरान भानुचोकको लोकतान्त्रिक चौतारीमा गरिएको रक्तदान कार्यक्रममा १ सय २० पिण्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रम संगै सहिद परिवारलाई सम्मान गरिएको छ । साँझ सहिदको नाममा भानुचोकमा दीप प्रज्वलन गरेको छ ।
माओवादी १० बर्से जनयुद्धमा धरानका २ बेपत्ता सहित शहीदहरू यज्ञराज कार्की, लीलाप्रसाद पराजुली, दिपबहादुर बन, पर्वतराज कोइराला, रामबहादुर रामदाम, समसि राई, मचिन्द्र लाबुङ, ईश्वर तामाङ, दिलीप राई, मोहन खनाल, सन्तोषकुमार लिम्बू, मानबहादुर लिम्बु र बेपत्ता योद्धा दीपक विश्वकर्मा, रणशमशेर राई रहेको पार्टीले जनाएको छ ।
रक्तदानको अवसरमा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बेघाले संविधानको हरेक धारा धारामा जनयुद्ध रहेको दाबि गरे । उपमेयर बेघाले जनयुद्धलाई कसैले मेटेर मेटाउन नसकिने बताए ।
बिहान रक्तदान र बेपता परिवार र सहिद परिवारलाई सम्मान साँझ सहिदको सम्झनामा दिप प्रज्वलन गरेर धरान माओवादीले जनयुद्व दिवश मनाएको जनयुद्ध दिवस आयोजक समितिका संयोजक उद्धव लिम्बुले जानकारी दिए।