राजनिती

धरानमा माओवादीले २९ औँ जनयुद्व दिवसमा सहिद परिवारलाई सम्मान र रक्तदान गर्ने

कोले न्युज: नेकपा माओवादी केन्द्रले धरानमा मङ्गलवार रक्तदान कार्यक्रम र सहिद परिवारहरुलाई सम्मान गरेर २९ औँ जनयुद्ध दिवस मनाउने भएको छ ।

मङ्गलवार बिहान रक्तदान कार्यक्रम, दिउँसो सहिद परिवार सम्मान र साँझमा सहिदहरूको सम्मानमा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको संयोजक उद्धव लिम्बुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

जनयुद्धमा सहिद, बेपत्ता भएकाहरूका धरानमा रहेका १४ सहिद परिवार, २ बेपत्ता परिवार समेत १६ परिवारलाई आर्थिक सहयोग सहित सम्मान प्रदान गरिने छ।

माओवादी १० बर्से जनयुद्धमा धरानका शहीदहरू यज्ञराज कार्की, लीलाप्रसाद पराजुली, दिपबहादुर बन, पर्वतराज कोइराला, रामबहादुर रामदाम, समसि राई, मचिन्द्र लाबुङ, ईश्वर तामाङ, दिलीप राई, मोहन खनाल, सन्तोषकुमार लिम्बू, मानबहादुर लिम्बु र बेपत्ता योद्धा दीपक विश्वकर्मा, रणशमशेर राई तारा रहेका छन्।

सहिद तथा बेपत्ता भई धरानमा बसोबास गरिरहेका परिवारलाई घरमै गएर सम्मान गरिने बताइएको छ । रक्तदान कार्यक्रममा ५०० प्रीन्ट रगत सङ्कलन गर्ने लक्ष्य रहेको संयोजक लिम्बुले बताए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३