स्वास्थ्य/जिवनशैली

सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ धरान -१५ वडा कार्यसमितीद्वारा रक्तदान कार्यक्रम

“रगत दान जीवन दान” भन्ने मुल नारा सहित २८६० औँ सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ धरान-१५ ईकाईको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

धरान- १५ श्याम चोकमा भएको रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाको प्रमुख आथित्य रहेको थियो। अतिथीहरुमा सबिधानसभा सदस्य किरण कुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बो, नेपाली काँग्रेस क्षेत्रीय सभापती सुजेन्द्र तामाङ, रास्वपाका नेता शरिन तामाङ, धरा-१५ का वडा अध्यक्ष नरेश इवाराम, जनप्रतिनिधिहरु लगाएत राजनिती दलका नेता विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो।

नेपाल तामाङ घेदुङ धरान १५ न. वडा इकाई कार्यसमितिको आयोजना,महिला,युवा घेदुङ, धरान-१५ वडा कार्यलयको सहकार्य, प्राबिधिक सहयोग नेपाल रेड्क्रस सोसाइटी सुनसरी, ब्लड फर नेपालको रहेको थियो।

उक्त रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको थियो। रक्तदाताहरुलाई प्रमुख अतिथी र अतिथीहरु बाट प्रमाण पत्र बितरण गरिएको थियो।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका