Uncategorized

सुमेधा वक्तृत्वकला प्रतियोगीतामा सम्पन्न सुवेदी प्रथम

कोले न्युज: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको धरान उप-महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको मङ्गलबार भएको अन्तिम प्रतिस्पर्धामा धरान मेघा- हिमालयनका सम्पन्न सुवेदी पहिलो भएका छन।

यु.एन. नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छन भने ज्ञानोदय मा.बि.का अनिशा कार्की तेश्रो भईन। यसैगरी शारदा बालिका नमुना मा.बि.का अनुस्का राई र यु. एन. नबोदयकै शितल अधिकारी क्रमश: चौथो र पाचौ भई सान्त्वना पुरस्कार प्राप्त गरे। पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमस: नगद १० हजार, ५ हजार, ३ हजार र प्रमाण- पत्र प्राप्त गरेका छन। त्यस्तै चौथो र पाचौ हुनेले नगद १/१ हजार र प्रमाणपत्र प्राप्त गरेका छन। बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका सांसद रमेश कुमार बस्नेत, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले,सुमेधा एजुकेसन नेट्वर्क प्रा. लि. का प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे, हार्ट एफ.एम. का अध्यक्ष मेहरमान ह्युज लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए।

धरान-१३ स्थित वडा कार्यालय परिसरमा रहेको वडा बाल सन्जालको हलमा भएको कार्यक्रममा धरान-१३ का वडा अध्यक्ष नेत्र काफ्ले, धरान-१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, यु.एन. नबोदय कलेजका अध्यापक राम लिम्बू लगायतले मन्तब्य राखे। कार्यक्रममा एम्स एकेडेमिका कोअर्डिनेटर दुर्गा सुवेदी, ब्लाष्ट टाईम्स दैनिकका सम्पादक गोपाल दाहाल, पत्रकार महासङ्घ सुनसरीका सह-सचिव भोला श्रेष्ठ, पारामाउन्ट इन्टरनेसनलका प्रबन्ध निर्देशक भिम लिङ्थेप लगायतको उपस्थिति थियो। सहभागिहरुले सहिदका सपना र युवाको दायित्व, सहिदका सपना र राजनीतिक नेतृत्व र लागू औषध दुर्ब्यसन: चुनौती र समधानका उपाय गरि तीन वटा शिर्षकमा बोलेका थिए।
प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद मा.बि. धरानका शिक्षक टन्क भट्टराई रहेका थिए।

बिद्यार्थीहरुको आत्माविश्वासमा वृद्धि गरि नेतृत्व र ब्यक्तित्व बिकास गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। कार्यक्रम प्रा.लि. का निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको थियो। गत माघ-६ गते भएको पहिलो चरणको प्रतियोगितामा धरान भरिका १९ वटा प्लस टु का २९ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए। पहिलो र माघ-१० गते भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रबेस गरेका थिए।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा