Uncategorized

औद्योगिक व्यापार, प्रदर्शनी, प्रर्वद्वन हुने धरान एक्स्पो फागुन ११ देखि २३ गते सम्म हुदै

कोले न्युज: धरानका उद्योगी व्यवसायीहरुको व्यापार प्रवर्द्धन गर्ने उद्देश्य लिएर सुनसरी उद्योग वाणिज्य संघले “पर्यटन, कृषि, सुचना, प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनी” का लागि धरान एक्स्पो २०८० फागुन ११ गते देखि २३ गतेसम्म आयोजना गरिने जानकारी आज शुक्रबार सुनसरी उधोग बाणिज्य संघ धरानको सभा हलमा आयोजक संयोजक एवं सुनसरी उधोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।

श्रेष्ठले धरान उपमहानगरपालिका वडा नम्बर – १६मा अवस्थित धरान रंगशालाको नजिकको कभर्ड हलको खेल मैदानमा फागुन ११ गते देखि २३ गतेसम्म रहने उक्त मेलामा विभिन्न स्थानका व्यवसायीहरुको हस्तकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन श्रोतबाट उत्पादित बस्तु पहिलो प्राथमिकताका विषय वन्ने छन र निकासी, पैठारी र आधुनिक चेतनामूलक विषयलाई दोश्रो सूचिमा राखि व्यवसायिक चेतना अभिवृद्धि, सूचना प्रविधि सम्बन्धि जानकारी, आन्तरिक एवं वाह्य पर्यटकलाई लोपोन्मूख कला संस्कृति र धार्मिक स्थलको महिमा जस्ता विषयलाई प्रदर्शनीको आकर्षणको स्थलको रुपमा स्थापित गरिने ,
सरल र सुलभ ढंगले उत्पादितको चिनारी संगै सुपथ मूल्यमा खरिद विक्रीको पहिचान गर्न सक्ने अवस्थाको सिर्जना हुने र त्यस्ता विषयमा केन्द्रित रहि प्रदर्शन गरिने वस्तुबाट आर्थिक क्षेत्र समेत फस्टाउने आधार हुनेछ । वस्तुको उत्पत्ति देखि उपभोक्ताले प्रयोगगर्ने सिलसिला सम्मको यात्रालाई परिचय गराउनका लागि मेलामा हुने प्रदर्शन अत्यावश्यक माध्यम हो भन्ने विषयमा उत्पादन कर्ता र उपभोक्ता विचको चाहनालाई आत्मसात गरी मेला आयोजना गरिएको बताए।

उक्त पत्रकार सम्मेलनमा उद्मोग वाणिज्य संघ सुनसरीका कार्य समिति सदस्य बिष्णु बरालले विभिन्न क्षेत्रगतका व्यावसायिकहरुलाई समेटेर १ सय ५० स्टलहरु रहने ,अनुमानित ५ लाख दर्शकहरु उपस्थिति गराएर १६ करोड बराबरको कारोबार गराउने लक्ष्य लिएको बताए । स्टल बुकिङ संयोजक समेत रहेका बरालले थप जानकारीमा कोशी प्रदेशको ऐतिहासिक शहर धरान र सुनसरी जिल्लाको समग्र व्यावसायिक प्रवर्द्धन गर्ने लक्ष्य सहित आयोजना भई रहेको एक्स्पोमा स्टल बुकिङ खुला गरिएको बताए ।

बरालले यो एक्स्पो गराउनु हाम्रो आम्दानी भन्दा पनि धरानले पनि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उदेश्य रहेको बताउदै बरालले सम्पुर्ण व्यावसायिहरुलाई सहभागीता जनाउन अनुरोध समेत गरे । उक्त धरान एक्स्पो मेलामा मोरङ , झापा, ईलाम, उदयपुर , धनकुटा तेह्रथुम , संखुवासभा र भोजपुर लगायतका जिल्लाहरुका मानिसहरु अवलोकन तथा व्यावसाय गर्न आउनुको साथै छिमेकी मुलुक भारत , बंगलादेश र पाकिस्तानबाट समेतका व्यापारीहरु आउने संघको कार्य समिति सदस्य बरालले जानकारी दिए ।

गत बर्षझै यो वर्ष पनि उक्त एक्स्पो मेलामा डोम (ह्याङ्गर) को प्रयोग गरेर स्टलहरु राखिनेछ डोम भित्र करिब १ सय वटा स्टल रहने छ भने बाहिर थप अन्य स्टलहरु हुने जानकारी आयोजकले दिएका छन ।

उक्त एक्स्पो मेलामा हरेक साँझ मनोरञ्जनात्मक साँगितिक कार्यक्रम हुनुको साथै राष्ट्रिय स्तरको कलाकारहरुको प्रस्तुति रहने भएकोले बेलुका ५ बजे देखि ९ बजेसम्म भने टिकट दर रु १०० देखि रु २०० सम्म शुल्क लाग्ने आयोजकले जानकारी दिएका छन भने उक्त साँगितिक व्यवस्थापन समितिका सदस्य एवं समाजसेवी राजिव हल्वाईले उक्त उठेको रकमबाट धरानका वरिष्ठ गायक गंगा वरदानलाई केही आर्थिक सहायता दिने छलफल समेत भएको बताए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा