Uncategorized

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर र उपमेयरको रमिता

कोले न्युज: आइतबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपप्रमुख आइन्द्रविक्रम बेघाले प्रमुख साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोमा दुख व्यक्त गर्दै तापाईको कार्यकक्षमा फोटो राख्नै पर्छ भनेर भन्दिन उपमेयर बिषालु भन्दै फेसबुकमा सेयर गरेको युट्युब भिडियोको ‘कन्टेन्ट’बारे पुष्टि गर्न चुनौती दिए।

उपमेयर बेघाले फेसबुकमा मेयर साम्पाङले सेयर गरेको एउटा युट्युब भिडियोको कन्टेन्टबारे कुरा उठाए । उक्त कन्टेन्टमा आफुलाई बिषालु भनिएको र मेयर साम्पाङले किन सेयर गरेको भन्दै आक्रोश पोखे । उपमेयर बेघाले आफुले विगत १८ महिनादेखि निरन्तर साथ दिएको तर अहिले घाँटी अठ्याएको भन्दै बिषालु मन भएको भन्ने भिडियो कन्टेन्ट सेयर गरेर असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे । उनले प्रष्ट जवाफ नआएसम्म बैठकमा बोलिरहने र अघि बढ्न नदिने अडान राखे ।

तपाईंले खेलाँची गरेको हो? किन सेयर गर्नुभो?,’ उपमेयर बेघाले मेयर साम्पाङसँग प्रश्न गरे, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो। तर जसले बोक्छ उसको टाउकोमा दिसापिसाब गर्दै नहिँड्नुस्।’ उनले उक्त स्टाटसको पुष्टि गर्न चुनौती दिए।

‘तपाईंले जे पायो त्यही बोल्न मिल्छ?,’ भन्ने उपमेयर बेघाको प्रश्नमा मेयर साम्पाङले आफू नेता भएको र उपनेताले धेरै काम, कर्तव्य गर्न नमिल्ने तर्क राखे। ‘तपाईं उपनेता हो, नेता त म हो। तपाईं उपमेयर हो, उपमेयर भनेको उपनेता मात्रै हो,’ मेयर साम्पाङले भने, ‘केन्द्रसँग टसल गर्न साथ दिनु छैन।’ साथ नदिएको बताइरहँदा उपमेयर बेघा झनै आक्रोशित बने। अहिलेसम्म एक शब्द पनि नबोलेको बताउँदै उनले साथ नदिएको कुराको पुष्टि गर्न चुनौती दिए। १८ महिनामा कुन कुन बिषयमा आफुले असहयोग गरेको हो भनेर मेयर साम्पाङसँग उनले माग गर्दै पुष्टि नभए स्टाटस खारेज गर्न आग्रह गरे । मेयर साम्पाङले भने फोटो हटाएको बिषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर क्षमा मागेर असहयोग गरेको बताएका थिए ।

मेयर साम्पाङ र उपमेयर बेघाबीच बाँझाबाझ भएपनि वडाअध्यक्षहरुले पनि धारणा राखेका थिए । उनीहरुले धरानको कार्यपालिका बैठकको झगडा र विवादले बेइज्जत भइरहेको पनि बताएका थिए । उनीहरुले मेयर उपमेयरसँगै कार्यपालिकाका सबै जना मिलेर अघि बढ्न र अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा