मङ्सिर ३० गते धरान – ८ लाङघाली सामुदायिक वनको पार्कमा भोजपुर- सुनसरी सेवा समाजको आयोजनामा भेटघाट साथै वनभोज कार्यक्रम सम्पन्न भएको छ।
भोजपुर जन्मथलो भएर सुनसरीमा रहेका भोजपुरेहरुको जमघट भएको वनभोज कार्यक्रममा ४ सय बढीको उपस्थीती रहेको थियो । एउटै जन्मथलो भएर सुनसरीमा आएर छरिएर बसेका भोजपुरेहरुको यो भेटघाट अर्थपुर्ण रहेको उपस्थीत रहेको भनाई थियो।
समाजका अध्यक्ष रेवती रमण राईले वनभोजमा उपस्थीत रहेका भोजपुरेहरुलाई स्वागत गर्दै भने “भोजपुर – सुनसरी सेवा समाजले बिगतमा भोजपुर जिल्लावासीहरुको समस्यामा सधै समाज सहयोगका लागि तत्पर रहेको भोजपुर जिल्लाका खेलाडीहरु साथै बिरामी हुदा सामाजिक साथै आर्थिक सहयोग र जिल्लामा स्वास्थ्य शिविर भोजपुर जन्मथलो भएर सुनसरी लगाएतका जिल्लाहरुमा बस्ने भोजपुरेहरुको दुखमा समाजले सहयोग गर्दै आईरहेको बताए।
उक्त वनभोज कार्यक्रममा पुर्व प्रतिनिधि सासद जयकुमार राई, पुर्व कोशी प्रदेस सभामुख प्रदिप भण्डारी,पुर्व प्रदेस सासद सावित्री जोशी लगाएत विभिन्न राजनैतिक दल र सामाजिक क्षेत्रका प्रतिष्ठीत व्यक्तित्वहरुको उपस्थीती रहेको थियो। समजका ४० सल्लाकार समिती रहेको र उपस्थीत सल्लाकार सद्स्यहरुलाई खदा ओडाएर सम्मान गरेका थिए। २०७० सालमा स्थपाना भएको संस्थाले भोजपुर जन्मथलो भएका भोजपुरेहरुलाई एक जुट बनाउदै समस्यामा साथ दिदै आईरहेको छ।
कार्यक्रममा अग्रज कलाकार अम्बीका दुवाडीले आफ्नो प्रस्तुतीबाट मनोरन्जन गराएकी थिईन। भोजपुरका गाँउमा गाईने दोहोरी प्रस्तुत गरेर कलकारहरुले भोजपुरेहरुलाई नचाएका थिए। खानपान, नाचगान र भोजपुरेहरुको भेटघाटलाई नबिकरण गराउने उदेश्यले वनभोज कार्यक्रम आयोजना गरेको र संस्थाका पदाधिकारी र उपस्थीत व्यक्तिहरुबाट आर्थिक व्यावस्थापन गरेको समाजका कोषध्यक्ष पोष्टराज राईले जानकारी गराए।