राजनिती

एमालेले २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउन सके मात्र राष्ट्रीयता र स्वाधिनता जोगिने – केपी ओली

एमालेको सङ्कल्प यात्रा तेह्रथुम पुगेपछि वसन्तपुरमा आज बिहीबार आयोजित वृहत् सभामा अध्यक्ष ओलीले भने ‘देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएका छन्, यो राजनीतिक माग होइन बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् ।’

उनले एमालेको सरका रहँदा देशमा असाधारण तरिकाले विकास भइरहेको बताउँदै भने ‘एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको छ ।’ यो अराजकता राजनीतिक माग नभएर बेग्लै प्रकारको क्रियाकलाप भइरहेको बताए ।

उनले अराजकता बढ्दै गएर वर्तमान सरकार आफ्नै कारणले ढल्ने बताउँदै २०८४ मा हुने चुनावमा एमालेले एकल बहुमत ल्याउनु सके मात्रै राष्ट्रियता र स्वाधीनतालाई जोगाउन सकिने बताए । एमालेले बहुमत ल्याउन सकेन भने राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले निर्वाहका लागि नभई धनी हुनका लागि कृषि पेसा अङ्गाल्नु पर्ने बताए । सङ्कल्प यात्रामा पश्चिमबाट पूर्व आउँदा समस्याहरू के रहेछन् ? सम्भावनाहरू के रहेछन् भन्ने कुरा विभिन्न पेशामा रहेका अगुवाहरूसँगको भेट अन्तरकृयाबाट थाहा पाएको बताए ।

उनले भने ‘यो यात्राले उत्साहित बनाएको छ, आम जनताले उत्साहपूर्ण रूपमा सुझाव दिएका छन्, जनताले दिएका सुझावका आधारमा एमालेले आगामी योजना र कार्यक्रम तय गर्नेछ ।’

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३