मिति २०८० मंसिर ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई अस्थायी आवास निर्माण अभियानमा पार्टीका सबै तहलाई श्रमदान र सहयोग गर्न गरेको निर्णय अनुसार नेपाली काँग्रेस धरानको तर्फवाट पार्टीका निवर्तमान सभापति, महासमिति सदस्य तथा निवर्तमान धरान नगर प्रमुख श्री तिलक राईको नेतृत्वमा प्रदेश सभा १/१ सुनसरीका सचिव राजेन्द्र राई, १/२ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ्ग र वडा नं. १७ का सचिव सूर्य कुमार सुनुवार सहितको ६ टोली गत मंगलबार १९ गते धरानबाट बिदाई लिएर उक्त ठाउँमा पुगेको टोलिले हाल जाजरकोटको भेरि नगरपालिका वार्ड नम्बर १ स्थित रिम्ना डाँडामा आवास निर्माणमा श्रमदान दिदै।
तस्बिरका झलकहरु :