इटहरी / इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई नगद १ लाख सहित विदाई गरिएको हो ।
स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको देखि निरन्तर सेवारत उनीहरुलाई उपमहानगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गरिएको मेयर पौडेलको भनाई छ ।
“राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय छ । मेयर पौडेलले भने । ” इटहरीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।