राजनिती

पहिचानवादीहरुद्वारा मेची राजमार्ग बन्द

कोशी प्रदेशको पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ। ताप्लेजुङमा पक्राउ परेको दुई कार्यकर्तालाई बिना सर्त रिहाईको माग राख्दै बन्दको घोषणा गरेको थियो।

कोशी नाम खारेजीको आन्दोलन गर्दै आएका संयुक्त संघर्ष समितिलाई साम्प्रदायिक आरोप लगाएको भन्दै पूर्ब मन्त्री योगेश भट्टराई ताप्लेजुङ आएको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा आइतबार ताप्लेजुङ पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले राति साढे १० प्रहरीले घरैबाट पक्रेको थियो ।

पक्राउ परेकालाई रिहा नगरेको भन्दै आज (आइतबार) विहानैदेखि झापाको बुधबारे, इलाम सदरमुकाम, पाँचथरको फिदिम, ताप्लेजुङको विभिन्न स्थानमा आन्दोलनरत संयुक्त संघर्ष समितिका कार्यकर्ताहरु सडकमा निस्किएका छन् ।
बभिन्न स्थानमा ढाट तथा रुख ढालेर सडक अवरोध गरिएको प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्षता गर्दै आएका डकेन्द्रसिंह थेगिमले बताए । पक्राउ परेका कार्यकर्ता तत्काल छाडेर कोशी नाम खारेजी प्रकृया सुरु नभए आन्दोलन निर्णायक बन्दै जाने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।
ठाउँ ठाउँमा आन्दोलनरत संगठनका नेता, कार्यकर्ताहरु सक्रिय भएपछि बिहानैदेखि मेची राजमार्ग ठम्प गरेका छन।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३