धरान विशेष राजनिती

कर्यपालीका बैठकमा रमिता देखाउनमात्र कांग्रेसका वडाध्यक्षहरु सहभागीता नहुने

वडाध्यक्षहरुलाई बद्नामीको भारी बोकाउने मेयरको नियत
धरान नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालीका सदस्यहरु भोलीको कार्यापालीका बैठकमा नजाने भएका छन । उपमहानगरपालिकाका मेयर हर्कराज राईले भोलि मंसीर ७ गते बिहिबार दिनको २ बजे कार्यपालिकाको बैठक बोलाएका छन । काँग्रेस आबद्व वडा अध्यक्षहरुले भने बैठक रमिता देखाउनमात्र सहभागीता नहुने बताएका छन ।
आफैले खोला नबेच्ने भन्ने मेयर अहिले खोला ठेक्का लगाउन बैठकमा ल्याएको, राजनिती पार्टीका संसदीय दलका नेताहरु संग छलफल नै नगरी मनपरी एजेण्डा ल्याएको, पार्किङको ठेक्का समेत लगाइ सकेर जनताबाट ब्यापक विरोध भएपछी एजेण्डा ल्याएको, बराह सहकारीलाई २ महिना अगाबै समस्याग्रस्त घोषण गर्ने पत्राचार गरेर अहिले बैठकको एजेण्डामा रखेको भन्दै नेपाली कांग्रेसका वडाध्यक्षहरु बैठकमा नजाने भएको धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले बताए ।
बैठकमा गएर रमिता देखाउन मात्र बैठकमा सहभागी नहुने उनले बताए । हिजो ढुङ्गा गिटीको ठेक्का बन्द गर्ने निर्णय गरेका मेयरले आज ढुङ्गा गिटी ठेक्का लगाउने एजेण्डा भोलीको कार्यपालिका बैठकमा राखेका छन ।
मेयरले मनपरी ढङ्गले निर्णय गर्ने अनि जनताबाट विरोध भएपछी वडाध्यक्षहरुलाई बदनामीको भारी बोकाउन कार्यापालीकामा लौजाने मेयरको नियत देखिएको भट्टराईको आरोप छ ।
राजनिती पाटीका संसदीयदलका नेता सँग छलफल गरेर बैठक संचालन गर्ने सहमती मेयर आफैले गरेता पनि कार्यन्वायन नभएको कार्यपालिका सद्स्यहरु बताउछन ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद