सुनसरी उधोग वाणिाज्य संघ सुन धरानद्वारा शुक्रबार आयोजित नेपाल र चीन सम्बन्धमा पारवहन र आर्थिक विकासको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएकोछ ।
मित्र राष्ट्र चीनका लागि नेपाली पूर्व राजदूत एवं राष्ट्रिय वाणिाज्य बैकका पुर्व अध्यक्ष समेत रहेका राजेश्वर आचार्यले उनको कार्यकालमा सन् २००१ मा चीनसँग पारवहन ‘ट्राञ्जिट’ सम्झौताका लागि प्रस्ताव गरिएकोमा ‘ट्रान्सपोर्ट’ सम्झौता हुन पनि १५ वर्ष लागेको बताएका छन् ।
नेपालको ‘ट्राञ्जिट’ सम्झौताको प्रस्तावलाई चिनियाँ पक्षबाट संशोधन सहित भएको ‘ट्रान्सपोर्ट’ सम्झौता हुन यति लामो समय लाग्नुमा नेपालको परराष्ट्र मन्त्रालयको ढिलासुस्ती मुख्य कारण भएको उनले बताए ।
चीनसँग पारवहन सम्झौताका कुरा नेपाल सरकारको विश्वसनीयता सबैभन्दा पहिलो सर्त भएको उनले बताए । चीनका तत्कालीन परराष्ट्र मन्त्रीसँग अनौपचारिक भेटमा आफूले पहिलो पटक ‘ट्राञ्जिट एग्रिमेन्ट’को प्रस्ताव गरेका बताउँदै पूर्व राजदूत आचार्यले ‘यो कुरा तपाईँको सरकारको विषय हो, तपाईँले अडान लिनु पर्छ’ भनिएको स्मरण गरे ।
वि० स० २०५५ मा चीनको राजदूत भएर गएको बेला नेपाल-चीन बिच तिब्बतसँग जोडिने तातोपानी नाका मात्र भएको बताउँदै उनले राजा वीरेन्द्रसँग राखेको राजदूतमा नियुक्तिको एजेण्डा अनुसार काम गर्न आफू सफल रहेको बताए । उनी राजदूत भएको बेला नेपाल–चीन बिच तिब्बत जोडिने तातोपानी नाका मात्र थियो । स्याफ्रुबेसी र केरुङ नाकामा सडक बनाउने सम्झौता चीन सरकारसँग उनकै पहलमा भएको स्मरण गराए
पुर्व राजदुत आचार्यले तात्कालिन नेपाल र चीन बिच भएको कृषि उत्पादन, प्रशोधन तथा मार्केटिङमा नेपाललाई चीन सरकारले गर्ने सहयोग सम्बन्धी सम्झौतालाई नेपालले चासो नदिँदा उपलब्धि मूलक बन्न नसकेको बताउदै उनले यदि ‘उक्त सम्झौतालाई कार्यान्वयन गरेको भए कृषि क्षेत्रको विकासको अवस्था यस्तो नाजुक हुने थिएन भन्ने चिन्ता व्यक्त गरे ।
हालै मात्र नेपालले भारतसँग ९५ हजार मेट्रिक टन खाद्यान्न आयात गर्न सम्झौताका प्रस्ताव गरेको उल्लेख गरे । उनले भने ‘चीनसँग भएको कृषि क्षेत्र तथा खाद्यान्नमा आपसी सहयोगको उक्त सम्झौता कार्यान्वयन गरिएको भए खाद्यान्न खरिद गर्न पनि भारत सरकारको स्वीकृति लिनुपर्ने अवस्थामा नेपाल हुने थिएन होला भने ।
सोही अन्तरक्रिया कार्यक्रममा बुद्धिजीवी प्राडा आनन्द आचार्यले नेपालले चीन सरकारको विश्वास हासिल गर्न ठोस परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले चीन र भारत जस्तो ठुला शक्तिशाली राष्ट्रको बिचमा रहेको नेपालको अवस्थाको बारेमा भने ‘नेपाल अहिले पनि पृथ्वी नारायण शाहले भनेझै ‘दुई ढुङ्गा बिचको तरुल’को रूपमा रहेको वाक्यांशलाई प्रस्तुत गरेका थिए ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा युवा व्यावसायि एवं उधोग वाणिज्य संघका कार्यसमितिका सदस्य समेत रहेका नवीन भण्डारीले नेपाल सरकारले अहिले पनि खालि जमिनहरुलाई उत्पादनशीलमा लाने हो भने अन्नहरु निर्यात गरि देशको आर्थिकपक्ष सुदृढ हुन सक्ने बताए ।
उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता विजय श्रेष्ठले गरेकोमा कार्यक्रममा कोसी प्रदेशका पूर्व सभामुख प्रदीपकुमार भण्डारी, नेपाली काँग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापा उवासंघकै पुर्व अध्यक्ष गौरिशंकर अग्रवाल लगायत व्यापारी, व्यवसायीहरूको उपस्थिति थियो ।
तस्बिर : लक्ष्मण थापा