अपराध

सुनसरीको भुटाहा नर्कटियाबाट २ सय २० केजी गाँजा र स्करपियो गाडी नियन्त्रणमा

धरान: सुनसरी हरिनगर गाउँपालिका वाड नम्बर २ बाट बिहिबार राती ९ः२० बजे २ सय २० केजी गाँजा र स्कारपियो गाडी सशस्त्र पहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भुटाहाबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको गस्ती टोली र प्रहरी चौकी भुटाहाबाट खटिएका प्रहरी नायव निरीक्षक पर्वत रायमाझीको कमाण्डमा खटिएको संयुक्त टोलीले गाँजा र स्कारपियो गाडी नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

भुटाहाको भित्री सडक खण्डको नर्कटिया भुटाहाबाट घुस्कीतर्फ जादैँ गरेको बि.आर ११ टि १६०० नम्बरको भारतीय स्कारपियो गाडी अन्दाजी ४ सय मिटर पर छाडी चालक भागेपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित गाडी नियन्त्रणमा लिइएको हेडक्वाटर सुनसरी जनकारी दिएको छ ।

स्कारपियो गाडी र गाजा आवश्यक कारबाहिको लागि प्रहरी चौकी भुटाहामा बुझाइएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल