व्यवसाय

उद्योग वाणिज्य संघ सुनसरीका पदाधिकारीलाई सानिमा जिआइसी इन्स्योरेन्सद्वारा बधाई तथा शुभकामना

धरान: उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम २०८२ साल श्रावण १५ गते धरान–९, कलेज रोडमा अवस्थित सर्कल क्याफेमा आयोजना गरिएको थियो। सानिमा जिआइसी इन्स्योरेन्स धरान शाखाका प्रमुख प्रतिक श्रेष्ठले स्वागत मन्तव्य दिँदै नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे।

श्रेष्ठले व्यापार मेला धरान एक्स्पोमा सानिमा जिआइसी इन्स्योरेन्सले विगत तीन वर्षदेखि निरन्तर इन्स्योरेन्स पार्टनरको भूमिका निर्वाह गर्दै आएको जानकारी गराउँदै, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाबाट क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उल्लेख गरे। उनले व्यापार व्यवसाय सञ्चालनका क्रममा आकस्मिक जोखिमका लागि बीमा अपरिहार्य रहेको बताउँदै बीमा सम्बन्धी परामर्श तथा तालिम आवश्यक परेमा कम्पनीले उपलब्ध गराउने प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोपाल श्रेष्ठले युवावर्गको विदेश पलायनले आन्तरिक उद्योग व्यापार फस्टाउन नसकेको उल्लेख गर्दै राज्यले यसप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै, संघले व्यवसायीको हकहितका लागि सधैं सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै, सानिमाको सहकार्य र स्वागतका लागि आभार प्रकट गर्नुभयो।

त्यसैगरी, सर्कल क्याफेका सञ्चालक सुजन श्रेष्ठको जिज्ञासामा प्रतिक्रिया दिँदै नवनिर्वाचित सदस्य महेन्द्र प्रधानले व्यवसायीहरू स्वस्फूर्त रूपमा प्रचार–प्रसार तथा बजारीकरणमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा धरान जेसीजका अध्यक्ष बिदुर थापा, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष (आव २०८१/८२) गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई