
धरान: कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलतापूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेज धरानका ईलेकट्रिकल कम्युनिकेसन विषयका विद्यार्थीहरूको संस्था एक्ससिसले ‘सिएस ५० एआई कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणा सँग परिचित गराउन ‘सिएस ५० एआई प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भने हार्वर्ड युनिभर्सिटीमा अध्यापन हुने प्रसिद्ध पाठ्यक्रम ईन्टुडियुस टु आर्टिफिसियल ईन्टेलीजेन्स ‘सिएस ५० एआई’ कोर्स पढाई हुने भएको हो ।’
डाटा संरचना, एनक्याप्सुलेसन, स्रोत व्यवस्थापन, सुरक्षा सफ्टवेयर इन्जिनियरिङ, र वेब विकास जस्ता अवधारणाहरुको विकास गर्न कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका पिआर र आउटरीच लिड सुवर्ण प्याकुरेलले जानकारी दिनुभयो । यस भन्दा अगाडि बेसिक कोर्ष सम्बन्धी कार्यक्रम गरेको भएपनि यस बर्ष त्यसलाई विस्तार गर्दै एडभान्स कोर्ष सम्बन्धी कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार सबै स्तरका अनुभवका समान विचारधारा भएका विद्यार्थीहरूको जीवन समुदायसँग कसरी संलग्न हुने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने उहाँका भनाई छ । गत बर्षको बेसिक कार्यक्रममा ३० जना विद्यार्थी सहभागी रहे पनि यसबर्षको एड्भान्स कार्यक्रममा कोशी प्रदेशभरिका ६० जना विद्यार्थी सहभागी रहने उहाँको भनाई छ ।
उनीहरूले कम्प्युटर विज्ञानमा आएको एआईको आधारभूत ज्ञान लिएका थिए । पूर्वाञ्चल क्याम्पस र ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ स्टुडेन्ट सोसाइटी (एक्सीस)को सहकार्यमा उक्त कोर्स पढाई हुने भएको हो ।
आफ्ना साथीहरूलाई अन्तिम प्रोग्रामिङ परियोजना कसरी विकास र प्रस्तुत गर्ने भन्ने विषयमा कार्यक्रम प्रस्तुत हुने भएकोले यो कार्यक्रम अत्यन्तै लाभदायक हुने उहाँको भनाई छ । पूर्वाञ्चल इन्जिनियरिङ कलेजको स्ववियुको हलमा आयोजना हुन लागेको सो कार्यक्रमको ६ हप्ताको रहने बताइएको छ । सीप विकासलाई गतिशिल बनाउँदै प्रयोगात्मक, वैज्ञानिक तथा प्राविधिक अनुभव गराउँदा सक्षम बनाउने र विद्यार्थीहरुलाई एआई आधारित समाधान मार्फत वास्तविक चुनौतिहरु सम्बोधन गर्न मञ्च प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरिएको उनीहरुको भनाई छ ।



