
धरान: धरान उपमहानगरपालिका वडा नं–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।
शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा विद्यार्थीहरूले समूहगत नृत्य, गायन लगायतका सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित कलेजमा अध्ययन गर्न आएका नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।
कलेजका अध्यक्ष कैलास आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न सो स्वागत कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का प्रमुख अतिथि रहनु भएको थियो ।
सो अवसरमा वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्र खड्का, प्याब्सन धरान अध्यक्ष दीपक घिमिरे, एन प्याब्सन धरान अध्यक्ष भगत लिम्बूलगायतको उपस्थिति रहेको थियो ।