शिक्षा

हिविस्कस वोडिङ स्कुलमा लाखेजात्रा


धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ। विद्यार्थीहरुलाई लाखे नाचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरीएको हो ।
नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।
समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ ।
लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।
नेवार समुदायको मौलिक नृत्यको रुपमा रहेको लाखे नाचलाई स्कुलमार्फत समुदायमा पुर्‍याउने अभियानको रुपमा आफ्नो अभियान रहेको नेवाः देय दवू धरान–११ का अध्यक्ष लिला प्रधानले वताए ।
सवै विद्यालयले लाखे नाचलाई प्रदशनी गराएर एउटा समुदायको नाचलाई सवै जाति र समुदायको वीचमा परिचित गराउने अवसरको रुपमा आफूले लिएको प्रधानको भनाई रहेको छ । विद्यालयमा निम्ता गरेर लाखे नाच प्रदर्शनी गर्ने अवसर दिएकोमा स्कुललाई धन्यवाद समेत दिएकाछन् ।
सवै जाति र समुदायको मौलिक परम्परा र चाडहरुलाई स्कुलमा अपनाउनुका साथै मनाइने गरीएको स्कुलका निर्देशक राईको भनाई रहेको छ ।
साथै स्कुलमा रक्षा वन्धनको पनि कार्यक्रम सम्पन्न गरीएको थियो , मौलिक परम्पराको वारेका जानकारी दिनको लागि रक्षा वन्धन वाधेर कार्यक्रम गरीएको निर्देशक राईले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई