सहित्य/सिर्जना

रहर..

वसन्त राई


पनि केके केके,
टेम्के, सेल्मे, गोल्मे हेर्ने।
माथी, माथी, माथी लेकमा,
लखर लखर लखर हिन्ने।।
सुरिलो वतास,
पारिलो घाममा,
नौडाडा पारी, तरेली हेर्ने।

तोरि, आरु, अमलाको
मंजरि, टिकुरा, फुल हेर्ने।

तरुणसील, सेर्पेनीको
घर, आगन, पिंढिबाट,
भिमकाय हिमाल हेर्ने।
मैच्याङसंग हिमाल हेर्ने।।

आठ प्रहर ब्रम्ह मुहूर्तमा,
मन्द समिर लहरमा,
लेक माथी, माथी, माथी।
लेक माथी, माथी, माथी।।

अरुणीमा वतास संगै,
सीतल-मन्द-झरि संगै,
एकलासको लेक माथी,
पर्वत लहरि हेर्दै हेर्दै।
पर्वत लहरि हेर्दै हेर्दै।।

रहर पनी केके केके..
लखर, लखर, लखर हिन्ने।
कैले वादल माथी माथी,
कैले वादल मुनी मुनी।

लखतरान हुने गरि,
आङ सारा झुल्ने गरि।
रहर पनी के केके,
युगौंयुगको अटल अजर,
भिमकाय हिमाल हेर्ने।
भिमकाय हिमाल हेर्ने।।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान