खेलकुद

स्व. मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा चार बर्षदेखि निरन्तर बास्केट बल प्रतियोगिता


धरान: धरानलाई बास्केट खेलको उर्वरभूमीको रुपमा चिनिन्छ । यहाँ राष्ट्रिय, प्रदेश स्तरीय प्रतियोगिता हुने गरेका छन् । यी प्रतियोगिता सञ्चालन हुनका लागि डिपो माविले ठूलो भूमिका निर्वाह गरेको छ । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने अभिप्रायले चार बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको मेजर श्रवणकुमार डिपो बास्केट बल रनिङ कप प्रतियोगिताले विद्यालय स्तरबाटै अब्बल खेलाडी उत्पादन गर्दै आएको छ । यहाँ खेल्ने खेलाडी नै भविष्यका खेलाडी हुने गरेका छन् ।
आर्मी व्यागग्राउण्डबाट जीवनको खुड्किलो शुरुवात गर्नु भएका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्व. मेजर श्रवणकुमार लिम्बुले राजनीतिक जीवनसँगै शिक्षा क्षेत्रमा गरेको अतुनलनीय योगदान गरेको स्मरण गर्दै विगत चार बर्षदेखि कोशी प्रदेशका विद्यालय स्तरीय बास्केट बल प्रतियोगिताको आयोजना गर्दै आएको छ । सामाजिक, राजनीति सँगै शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउदै आउनु भएका मेजर स्व. लिम्बुको २०७८ सालमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उहाँको योगदानलाई नविर्सनकै लागि पनि यो प्रतियोगिता विद्यालयकै आयोजनामा हुन थालेको हो । उहाँको योगदानलाई सधै स्मरणीय बनाउन र विद्यालय स्तरबाटै बास्केटबलको खेलाडी उत्पादन गर्न चार बर्ष अगाडिदेखि निरन्तर प्रतियोगिता गदै आएको र यसलाई निरन्तता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्वुले जानकारी दिनुभयो ।

प्रतियोगितालाई निरन्तता दिनका लागि मेजर स्व. मेजर श्रवण लिम्बुका छोरा सुधिर लिम्बु र उहाँका परिवारले आर्थिक सहयोग गर्दै आइरहनु भएको छ ।
प्रतियोगितालाई सबैबाट सहयोग प्राप्त भएपनि राज्यका तर्फबाट भने सहयोग प्राप्त नभएकोप्रति स्वयम् सांसदहरुले असन्तुष्ट व्यक्त गरेका थिए । प्रतियोगिताको उद्घाटन गरिसकेपछि कोशी प्रदेशका सांसद विजयकुमार राईले बास्केट बल खेलको खेलाडी उत्पादनमा धरानमा डिपो स्कूलको नाम नलिइरहन नसकिने बताउनुभयो । उहाँले स्व.. मेजर श्रवण लिम्बुको नाममा आयोजना गरिएको प्रतियोगिताले उहाँको सम्झनामात्र दिलाएको छैन खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो । उहाँले धरान शिक्षा, स्वास्थ्य तथा खेलकुदको हब भनिए पनि सो अनुसारको सहयोग तीनै तहका सरकारबाट नभएको बताउनुभयो ।

विहीबारदेखि धरान १८ स्थित डिपो माविको बास्केटवल कोर्टमा आयोजना भएको प्रतियोगितामा कोशी प्रदेश विद्यालय स्तरीय प्रतियागितमा कोशी प्रदेश भरिका १८ वटा टिमले भाग लिएका छन् ।
कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको विजेता टिमले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक