
धरान: लिम्बू समुदायमा दुई फ्याक्सन हुने देखे पछि हङकङबाट नेपाल आएर भक्तिराज लिम्बु मादनेहाङले युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपाल बिच एकताको प्रयास गरेको तर संस्थाको अग्रजहरुको कारण गर्न नसकेको बताएका छ्न।
संस्थागत एकता गर्न वार्ता टोली गठन भएतापनि वार्ता गर्न नसकेको मध्यस्थकर्ता मादनेहाङले मङगलबार धरानमा पत्रकार सम्मेलन गर्दे जानकारी गराएका छन।
मध्यस्थकर्ता भक्तिराज लिम्बु मादनेहाङ सहितको टोलीले संस्थागत एकता गर्दै लिम्बु लिम्बु बिचको धार्मीक सहिष्णुता कायम राख्दै युमा साम्यो महासभा र युमा साम्यो नेपाल बिच एकता कायम गर्नुपर्ने माग राखेका छन ।
मध्यस्थकर्ता लिम्बुले भने ‘लिम्बुहरुको भाषा, संस्कार, संस्कृती, धर्म सबैको एकै भएपनि संस्थामा ‘संस्थाका अग्रजहरुकै कारण लिम्बुको धर्मको संस्था एक रहन नसकेका कारण दाजुभाई दाजुभाई लडाई हुने अवस्था छ ।’ तर यहाँ कस्को जित र हार हुने भन्ने समस्या रहेको वार्ता हुन सकेन । वार्ता हुन जरुरी रहेको बताए । वार्ता पश्चात संस्थागत एकता कायम गर्न जरुरी रहेको भत्तिराजले बताए ।
उनले भने ‘युमा साम्यो नेपाल वार्ता गर्न तयार रहेपनि युमा साम्यो महासभा नेपाल तयार भएन ।’ वार्ता टोली गठन भएको १ बर्ष भयो तर कुनै पहल भएन । नेपालमा रहेका साथीहरुबाट वार्ता हुन नसकेपछि हङकङबाट आएर ३ दिन देखि संस्थागत एक गर्ने कोसिस गरे तर वार्ता नै गर्न सकिन । उनीहरुले मलाई ३ दिन देखी झुलाए आज विहानमात्र ८ बजे भेटने ११ बजे भेटने भने तर २ बजे सम्म पर्खदा समेत उनीहरु आएनन उल्टै सामाजीक सञ्जाल र फोन मार्फत अश्लील गाली गर्दै धम्काए । उनले भने‘ युमा साम्यो महासभा नेपालका हाल कार्यरत सम्पूर्ण पदाधिकारीहरू अवैधानिक छ ।’ ‘संस्था अवैधानिक भनेको होईन त्यसलाई लिड गर्ने व्यक्ति अवैधानिक हुन ।’
राम आङबुहाङले भने ‘लिम्बु सबै संस्कार एक भएपनि धर्म एक भएन । जुगााको लडाई धेरै भयो ।’ उनले भने ‘संस्थागत रुपमा एक हुन युमा साम्यो नेपाल तयार भए पनि युमा साम्यो महासभा तयार भएन । महासभा बाट धोका भयो । ’ दुई युमा साम्यो बिच कार्यगत एकता कायम गरि लिम्बु लिम्बु मिलाई दिन आङबुहाङले आग्रह गरेका छन ।
युमा महासभाका उपाध्यक्ष डा. हर्क सुब्बाले भने ‘महासभाका व्यक्ति अवैधानिक हुन ।’ उनले आचारसंहिता नाघेर काम गरे । संस्थाको हित विपरीत कार्य गरेका छन । अवैधानिक व्यक्तिले सामाजीक सञ्जालमा अपशब्द र विधी विपरीत कार्य गरे । उनले आर्थिक अपचलन गर्दै अपारदर्शीता कार्य गरे ।
संस्थागत एकता गरि साझा सहमति पछि ‘युमा साम्या’ हुनुपर्ने युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपाल बीच साझा सहमतिपूर्वक पूर्ण लोकतान्त्रिक प्रक्रियाद्वारा सर्वसहमतीमा नयाँ केन्द्रीय कार्यसमिति निर्माण गरिनुपर्ने उनीहरुको माग छ ।
साथै विश्वका सम्पूर्ण युमा धर्मीहरूलाई एकतावद्ध गर्न नचाहने मुख्य व्यक्तिहरु अध्यक्ष देबेन्द्र कुमार वनेम, महासचिव डा. रमेशकुमार इजम र सचिव भीम केदेमलाई पदमुक्त गरी साझा सहमतिबाट युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपाललाई सहिष्णुताबाट अगाडि बढाएमा सहमती जुटने सक्ने बताएका छन।
साझा सहमतिद्वारा समायोजन गरिएपछिको संस्थाको नयाँ नाम युमा साम्यो राखेमा समस्या समाधान हुने मध्यस्थकर्ताहरुको ठम्याई रहेको छ । युमा महासभाको पदाधिकारी अवैधाकि भै आर्थिक अपारदर्शीता गरेको आरोप डा. हर्क सुब्बाले लगाएका छन।
मध्यस्थकर्ता लिम्बुले युमा महासभाले देश विदेशका सम्पूर्ण युमा साम्यो अनुयायीहरुलाई समेटेर युमा साम्योमा गोलबन्द गराउन नसकेका बताए । उनले युमा साम्योका प्रतिबद्ध शुभचिन्तक, समर्थकहरुलाई बारम्बार साङ्घातिक आक्रमणको धम्कि गरी युमा साम्योको मर्म, भावना, गरिमा र प्रतिष्ठा समाप्त पारेको साथै संस्थाको विधान, नीति, विचार र उद्देश्य विपरित कार्यहरू गरी युमा साम्योको गतिविधि शून्यप्रायः गरी अराजक गतिविधिले युमा साम्यो सञ्चालन गरेको । २०७८ असोज १ देखि ४ गते सम्म आयोजित युमा महासभाको प्रथम अधिवेशनलबाट निर्वाचित कोषाध्यक्ष देवेन्द्र थेगिम हाल युके भएको अवस्थामा विना कारण पदवाट मुक्त गराई अध्यक्ष देवेन्द वनेम आफैले आफूखुशी आर्थिक कारोबारहरु गरी अपारदर्शी बनाएको आरोप लगाएका छन । भने यमा साम्योको कार्य गर्ने जिम्मा लिएको युमा साम्यो महासभा नेपालका वर्तमान अवैधानिक केन्द्रीय कार्यसमितिले एकता गर्न नचाहेको यस गतिविधिले विम्बित गरेको आरोप लगाएका छन ।

