
काठमाडौ: माओवादीको १० बर्षे शसस्त्र जनआन्दोलन र गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित रहेर नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । चलचित्रको पहिलो पोष्टर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका हुन ।
रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘को निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् ।भाद्र दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गरिने चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाङ, भोजपुर तथा तराई मधेशको सर्लाहीमा गरिने निर्माण टिमले जनाएको छ ।
पोष्टर सार्वजनिक गरेपछि प्रचण्डले चलचित्रको बारेमा छोटो प्रतिकृया समेत दिए । उनले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र गणतन्त्र स्थापना अदिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे । हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो । चलचित्रको प्रदर्शन जनयुद्ध दिवशको दिन फागुन १ का लागी तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए ।