
धरान: प्राइम भिजन धरान हालै एशियन एजुकेशन रिभ्यू, बेंगलोर ( भारत) द्वारा गरिएको सर्वेक्षणमा “नेपालको शीर्ष १० होटल व्यवस्थापन कलेज” को सूचीमा पर्न सफल भएको छ । ।
सर्वेक्षणमा नेपालभरिका होटल व्यवस्थापन कलेजहरूबाट १० कलेजहरू चयन गरिएकोमा कोशी प्रदेशको धरानमा सञ्चालित प्राइभिजन पर्न सफल भएको छ भने सुदूरपश्चिमाञ्चल एकाडेमी समेत समावेश गरिएको जनाइएको छ ।
एशियन एजुकेशन रिभ्यू शिक्षा आधारित अनुसन्धान मेगजिनले कलेजहरूको शैक्षिक गुणस्तर, पूर्वाधार, अभ्यास–रुची, उद्योगसँगको समन्वय, र विद्यार्थी–सीप विकास कार्यक्रमहरूको आधारमा नेपालभरिका होटल व्यवस्थापन कलेजहरूको मूल्याङ्कन गरेको थियो । प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले आठ वर्षे छोटो यात्रामा हासिल गरेको तीव्र प्रगति र गुणस्तरीय शिक्षण प्रकृयाले यो प्रतिष्ठित स्थान सुनिश्चित गरेको हो ।
“हाम्रो संक्षिप्त आठ वर्षे यात्रामा यसरी महत्वपूर्ण उपलब्धि हासिल गर्नु हामी सबैका लागि गौरवको विषय हो,” प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजका निर्देशक अनिल श्रेष्ठले बताउनुभयो । उहाँले सफलता प्रति अभिभावक, विद्यार्थी, शिक्षक, प्रशासनिक टिम र सबै शुभचिन्तकहरूको साथ सहयोग प्रति धन्यवाद दिँदै भविष्यमा उच्चतम गुणस्तरको शिक्षण सेवा प्रदान प्रद्धिबद्धता जनाउनुभयो ।
प्रााइम भिजन अन्तर्राष्ट्रिय कलेजले हालसम्म औद्योगिक प्रशिक्षण, व्यावहारिक तालिम, अन्तर्राष्ट्रिय प्रशिक्षक मार्फत् कार्यशाला र विद्यार्थी विनियोजन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनहरूमा कलेजले अझै उच्च स्तरको अनुसन्धान र उद्यमी योग्यता अभिवृद्धि गर्दै नेपालमा होटल तथा आतिथ्य व्यवस्थापन शिक्षाको मान्यता वृद्धि गर्ने लक्ष्य तय गर्ने निर्देशक श्रेष्ठले बताउनुभयो ।