स्वास्थ्य/जिवनशैली

तरुण दल धरानद्धारा रक्तदान कार्यक्रम, ३९ पिन्ट रगत संकलन

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत विरामीहरुलाई रगत अभाव भईरहेको बेला नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले ३९ पिन्ट रगत संकलन गरेको छ ।

नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीको आयोजना तथा नेपाल तरुण दल, धरानको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दर्जनौं यूवाहरुले रक्तदान गरेका थिए । केही यूवाहरुले भने स्वास्थ्यका कारण रक्तदान गर्न नमिलेको नेपाल तरुण दल धरान नगर सचिव मनोहर श्रेष्ठले बताए ।
नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीका सभापति गणेश लिम्वुको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्वु, कार्यवाहक नगर सभापति राम तामाङ लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरुले नेपाल तरुण दलले निरन्तर विभिन्न सामाजिक एवम् मानवीय कार्य गरेर सिङ्गो पाटीको प्रतिष्ठालाई उच्च राखेको र जनताको मन जित्ने कार्य गरेको भन्दै नेपाल तरुण दलको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, वडा अध्यक्षहरु नरेन्द्रकुमार राई(प्रविन) र विद्या शाक्य लगायतका नेताहरुको उपस्थिथि रहेको थियो ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका