खेलकुद

ललित–अम्बर डिपो कप: हिमशिखर, प्रभात, नेपाल पुलिस स्कुल, धरान इङ्लिस बोर्डिङस्कुल सेमिफाईनल प्रवेश


धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा क्वाटर फाइनल खेलमा हिमशिखर,”प्रभात सेमिफाईनल प्रवेश गरेका छन ।
डिपोको खेलमैदानमा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले माउण्ट हर्मन एकेडेमीलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइ ब्रेकरमा पुगेको हो।
दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
प्रभात स्कुलका सायश शाक्यले निर्णायक गोल गरेका थिए।
डिपो कप अन्तर्गतको पहिलो क्वाटर फाइनलमा नेपाल पुलिस स्कुलले इम्मानुयल इङ्लिस बोर्डिङ स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। पुलिसका विनायक निरौलाले मध्यान्तरपछिको अन्तिम समयमा १ गोल गरेका थिए।
त्यसैगरी दोस्रो क्वाटर फाइनलमा धरान इङ्लिस बोर्डिङ स्कुलले लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुललाई टाइ ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
प्रतियोगिता अन्तर्गत भोलि तीन सेमिफाइनल खेल हुनेछन्।
प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल र जोलसाया एकेडेमी भिड्ने छन्।
डिपो कपको पहिलो सेमिफाइनलमा डिपो सेकेन्डरी स्कुल र नेपाल पुलिस स्कुल, तथा दोस्रो सेमिफाइनलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ आमने सामने हुनेछन्।
डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समिति पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नामबाट प्रतियोगिताको नामकरण गरिएको हो ।
प्रतियोगिताको विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेता विद्यालयले शिल्डसहित नगद ७ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । यसै गरी पराजित विद्यालयबिच हुने दिलकुमार प्लेट च्याम्पियनसिपका विजेताले नगद ३ हजार १११ रुपैयाँ तथा उपविजेताले नगद २ हजार १११ रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक