
धरान–१५, सुनसरीस्थित नौलो पथ ब्याडमिन्टन क्लबले आगामी मंसिर १८ देखि २० गतेसम्म धरान नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता क्लबको आफ्नै व्याडमिन्टन हलमा सञ्चालन हुन आयोजकले जनाएको छ ।
शारीरिक दन्तुरुस्तीसँगै व्याडमिन्टन खेलको विकासका लागि नगरस्तरबाटै योगदान पुर्याउने उद्देश्यले नौलो पथ व्याडमिन्टन क्लबले् पहिलोपटक नगरस्तरीय प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ‘मेन डबल’ र ‘अण्डर १३’ सिंगल खेलहरु सञ्चालन हुनेछन् ।
उहाँले मेन डबलतर्फ प्रथम पुरस्कार नगद २० हजार सहित मेडल, द्वितीय पुरस्कार १० हजार ५ सय तथा तृतीय पुरस्कार ५ हजार रहको छ ।
यस्तै १३ बर्षका महिला तथा पुरुष खुल्ला तर्फका विजेता खेलाडीले ५ हजार, द्वितीय हुने खेलाडीले ३ हजार र तृतीय हुने खेलाडीहरुले १ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र पाउने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
प्रतियोगिताको दर्ता शुल्क मेन डबलका लागि प्रति खेलाडी ७ सय ५ तोकिएको छ भने र १३ बर्ष मूनिका समूहका लागि ३ सय रुपैया तोकिएको छ ।
कोषाध्यक्ष मनिष मगरका अनुसार यो प्रतियोगितामा प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । उहाँले अण्डर १३ का खेलाडीहरुले उमेर प्रमाणित गर्ने कागजात अनिवार्य पेश गर्नुपर्नेे जानकारी दिनुभयो ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुन लागेको यस प्रतियोगिताका संयोजक सुमन मगर र सह–संयोजक देवेन खड्का रहनु भएको छ

