धरान विशेष

प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति डा. बिक्रम श्रेष्ठ



धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. बिक्रम श्रेष्ठले बताउनु भएको छ ।
शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरुसंग कुराकानी गर्नुहुँदै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । वहाँले भन्नुभयो मेरो नियुक्ती भलै राजनीतिक हो तर म कुनै राजनीतिक आग्रहपूर्वाग्रहबीना सबैको साथ र सहयोग लिएर काम गर्छु ।

म प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेकोछु, म धरानबासी हुँ, यस अघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउनेहरु पनि छन् र साथ दिनेहरु पनिछन् सबैलाई नियालेर काम गर्छु डा. श्रेष्ठको कथन थियो । म अलिक सोझो छु, तर, इमान्दार छु मैले काम गर्दा कुनै वाधाव्यवधान आयो भने मलाई तपाईँहरुको साथ चाहिन्छ उपकुलपति श्रेष्ठको आग्रह थियो ।

भेटमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रतिष्ठानको परम्परागत संरचनाहरु जसले प्रतिष्ठानलाई सुधार हुन बाधा पुर्याइरहेको छ त्यसको समुल शल्यक्रिया गनु पर्ने सुझाउनु भएको थियो ।

राईले प्रतिष्ठानको प्रशानिक सुधार गर्दै जनताको दैनिक सेवालाई चुस्त र छरितो बनाउनु पर्ने, सेवालाई नयाँ क्षेत्रमा विस्तार गर्दै आवश्यक पूर्वाधारको विकास र अति जरुरी स्वास्थ्य परिक्षणका साधनहरु (इक्युपमेन्ट) को व्यवस्था गर्दै प्रतिष्ठानलाई सुविधासम्पन्न स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गर्न सुझाव दिनु भएको थियो ।

डा. श्रेष्ठसंगको भेटमा नेकपा (एमाले) कोशी प्रदेशका सदस्यहरु सूर्य पन्धाक, शुशीला पहाडी, मौसम राई, ध्रुव राई सुनसरी जिल्ला सदस्य राजमणी निरौला, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नगर सदस्य दिपक बनेपाली लगायतका नेताहरु सहभागी रहनु भएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।