
धरान: धरान गल्फ क्लबको अध्यक्षमा बुद्धिमान सुनुवार सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको १८ औं साधारणसभा तथा अधिवेशनबाट सुनुवारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
शनिबार धरान–१८ स्थित क्लबको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा सन्देश राई, सहसचिवमा सुम्निमा लिम्बु र कोषाध्यक्षमा लोकेन्द्र राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सुन्दर राई, पूर्ण बहादुर राई, बम प्रसाद लिम्बु, गजेन्द्र लिम्बु, बलभद्र राई र आकाश दुलाल चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथि नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई रहेका थिए । कार्यक्रमको अध्यक्षता क्लबका निवर्तमान अध्यक्ष हरि बहादुर राईले गरेका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिका–१० का अध्यक्ष पूर्ण बहादुर लिम्बु, एसएसपी भीम दाहाल, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।


