समाज

रंगभेद उन्मूलन दिवसमा धरानमा परम्परागत पेशा गर्दै आएका सात जना सम्मानित


धरान: ६१औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस २०८२ को अवसरमा धरानमा सारङ्गीवादक सुरेश गन्धर्वसहित परम्परागत पेशा गर्दै आएका सात जना पेशाकर्मी सम्मानित भएका छन्।
आईतबार आयोजित कार्यक्रममा वरिष्ठ सारङ्गीवादक सुरेश गन्धर्वसहित सात जना सम्मानित भएका हुन्।
सम्मानित हुनेहरूमा खुकुरी बनाउने पेशा गर्दै आएका केवल बिक, बाँसको चोयाबाट ढाकी बनाउने पेशा गर्दै आएका चैता मल्लिक, जुत्ता बनाउने पेशा गर्दै आएका धनबहादुर नेपाली, नौमती बाजा बजाउने पेशा गर्दै आएका वीरबहादुर दर्जी, सिलाइ–बुनाइ पेशामा संलग्न पर्शुराम भित्रिकोटी तथा खुकुरीको दाप बनाउने नरेन्द्रबहादुर सार्की रहेका छन्।
सम्मानितहरूलाई नगद ५ हजार रुपैयाँ, यातायात खर्चसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
दिवसका अवसरमा धरान उपमहानगरपालिकाले परम्परागत पेशा गर्दै आएका दलित समुदायका पेशाकर्मीलाई सम्मान गरेको हो।
कार्यक्रममा कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघा ले दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरेका थिए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले