धरान विशेष

अध्ययन समय नपुगे भन्दै कार्यपालिका सदस्य अनुपस्थित, बैठक स्थगित


धरान: धरान उपमहानगरपालिकाको बुधबार दिउसो २ बजे बोलाएको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु कार्यविधी अध्ययन समय नपुगेको भन्दै बैठकमा उपस्थित नभएपछि कार्यपालिका बैठक स्थगित भएको छ ।
कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले आज दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक बस्न नसकेको जानकारी दिए। कावा प्रमुख बेघाले भने “सूचना पठाइएको थियो, तर सदस्यहरू उपस्थित हुनुभएन ।,” किन उपस्थित हुनु भएन विस्तृत विवरण थाहा छैन ।
धरान–१८ का वडाध्यक्ष तथा नेपाली काग्रेसका संसदीय नेता प्रविण राईले कार्यसूचीमा रहेका कार्यविधिहरू अध्ययन गर्न पर्याप्त समय नपुगेकाले बैठकमा सहभागी हुन नसकेको बताए।
उनले भने, “चैत्र २ गते कार्यपालिका बैठक बस्ने सूचना आएको थियो। तर अध्ययन नगरी कार्यविधि पास गर्नु उचित हुँदैन, त्यसैले समय लिएर अध्ययनपछि मात्रै पास गर्नुपर्छ।”
उनले आफू धरान बाहिर रहेको कारण संसदीय बैठकमा पनि बृहत् छलफल हुन नसकेको बताए।
कार्यपालिका सदस्य तथा पार्टी सचेतक अनुप देवानले पनि कार्यविधि अध्ययनका लागि समय अपुग भएकाले बैठक सारिएको बताए।
उनले भने, “कार्यविधि विषयमा पार्टीभित्र आन्तरिक छलफलमै थियौं। छलफल नसकिएकाले कार्यपालिका बैठकमा उपस्थित हुन सकिएन।”
उनका अनुसार समय अभाव भएको जानकारी अघि नै पठाइएको र अब २–३ दिनभित्र पुनः बैठक बस्ने बताए ।
प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाका अनुसार आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।
बैठकमा नगरसभा,ट्रायल सेन्टर स्थापना, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको निःशुल्क उपचार, एम्बुलेन्स खरिदलगायत १४ वटा कार्यसूची प्रस्तावित थिए। १४ एजेण्डा मध्ये ५ वटा कार्यविधी रहेको थियो ।बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७५ संशोधन सम्बन्धी विषय,अपाङ्गता भएका व्यक्तिहरूको मिलिजुली समूहको बीउपूँजी सञ्चालन तथा व्यवस्थापन कार्यविधिसम्बन्धी विषय,बाल अधिकार संरक्षण तथा संवर्द्धन कार्यविधि, २०८२ सम्बन्धी विषय,क्रस पार्क सञ्चालन कार्यविधिसम्बन्धी विषय,सडक मानव उद्धार, संरक्षण तथा व्यवस्थापन कार्यविधि, २०८२ सम्बन्धी विषय रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।