महिला/बालबालिका

बलात्कार र हत्याका विरुद्ध धरानमा खबरदारी र्‍याली


धरान : सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा शुक्रबार धरानमा खबरदारी र्‍याली निकालिएको छ।
स्वतस्फूर्त रूपमा धराने युवाको आयोजनामा नागरिक समाज, युवायुवती तथा विभिन्न क्षेत्रका सर्वसाधारण सहभागी हुँदै हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन गरेका हुन्।
‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ भन्ने मूल नारासहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले बोकेको मुख्य ब्यानरमा ‘खबरदारी र्‍याली’ लेखिएको थियो। उनीहरूले निर्दोष बालिकालाई न्याय दिनुका साथै यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन जोड दिएका थिए।
र्‍यालीमा सहभागीहरूले महिला तथा बालबालिकाका लागि सुरक्षित समाज निर्माण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
उनीहरूले “स्ट्प रेप”, “ विई वान्ट जस्टिक” र “बलात्कारीलाई फाँसी दे” लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
धरान उपमहानगरपालिकाको कार्यलय अगाडिको चतरालाइनबाट सुरु भएको र्‍याली छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
स्मीत खत्रीको संयोजकत्वमा आयोजित र्‍यालीपछि भएको कोणसभामा मृतक बालिकाको आत्माको शान्तिको कामना गर्दै मौनधारणासमेत गरिएको थियो।
बढ्दो हिंसात्मक घटनाले समाजमा असुरक्षा बढाएको भन्दै प्रदर्शनकारीहरूले सरकार र सम्बन्धित निकायलाई मूकदर्शक नबन्न चेतावनी दिएका छन्।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम