
धरान: सुनसरी क्षेत्र १ मा चुनावी दौडमा नेपाली कांग्रेसका उम्मेदवारले मतदाताको मनोविज्ञानको अध्ययन गर्दै प्रष्ट मतदाताले अब अनुभवी, कर्मठ र जनताप्रति जवाफदेही नेतृत्वलाई रोज्ने बताएका छन्।
सोमबार भानुचोकमा आयोजित आमसभामा बोल्दै गोलेले लोकतन्त्र, संघीयता र गणतन्त्र जस्ता संवेदनशील विषयमा मतदाताको सचेत विकल्पको पक्षमा जोड दिए । निष्पक्ष, धादली रहित निर्वाचनको लागि सरकारसँग आग्रह समेत गरे ।
उनले भने “ धरान चटके,जादुगर र दोयस फौलाउनेलाई होइन,अनुभवी र सक्षम नेतृत्वलाई भोट हाल्नुपर्छ। योग्यता र क्षमतालाई कदर गर्ने, जनताको आवाज र भावना बुझ्ने नेतृत्व आवश्यक छ। जित सुनिश्चित छ।” गोलेले निर्वाचनमा डर, त्रास र भयविहीन वातावरण कायम गर्न सरकारसँग आग्रह गरे।
उनले जोड दिदै भने“निषेध र डरको राजनीति होइन, अनुभवी नेतृत्व चाहिन्छ। नेपाली कङ्ग्रेसले सुनसरी–१ का जनतालाई कुनै पाप गरेको छैन, बरु रोजगार र स्वास्थ्यको केन्द्र बनाएको छ।”हालसम्म जितेका सांसदले गरेका विकास र योजनाबारे प्रश्न गर्न आग्रह। गोलेले आगामी योजना पनि प्रस्तुत गर्दे लेउती सुरुङ मार्ग अगाडि बढाउने। साथै सुकुम्बासीलाई हक अधिकार र सुरक्षित गाँस–वास सुविधा प्रदान गर्ने ।
बिपी प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य उपकरण सुधार गरी सुलभरुपमा स्वास्थ्य उपचार गर्ने बताएका छन । उनले सर्दु जलाधारका नाममा रहेका ३५ सय घरधुरीको समस्या मध्यनजर गर्दे जग्गा फुकुवा गर्ने बताए ।सहकारी समस्याको समाधान गर्दे
हिजोको गल्ती अब दोहोरिन नहुने र फागुन २१ पछि सुनसरी–१ मा काङ्ग्रेसले जिम्मेवारी लिएर सुनसरी १ लाई विकास समृद्धिको दिशामा अगाडी बढाउने बताए ।
जेनजी युवाका प्रतिनिधि प्रशान्त राईले भने —“युवाको सपना बेरोजगारीले बोकेको छ। सिस्टममा भाषण होइन, परिणाम दिने नेतृत्व आवश्यक छ। ईमान्दार नेतृत्वले गाउँ–सहर जोड्छ।”
तिलक राई ले धरानको वर्तमान अवस्था उल्लेख गर्दै भने “मुलुक अप्ठ्यारो अवस्थामा छ, धरान अझ अप्ठ्यारो।धरान उपमहानगरपालिकामा नेतृत्व गर्दा कसैलाई दुर्व्यवहार गरिएको छैन।अधुरा काम पूरा गर्नका लागि नेपाली कङ्ग्रेसलाई भोट दिनुपर्छ।”
धरान–४, २०, ५ का सडक र पुल निर्माणमा जिम्मेवारी र विश्वास सुनिश्चित गर्नेछ।”
जेनजी युवाको तर्फबाट प्रशान्त राईले भने “युवाको सपना बेरोजगारीले बोकेको छ। सिस्टममा भाषण होइन,परिणाम दिने नेतृत्व चाहिन्छ। ईमान्दार नेतृत्वले गाउँ–सहर जोड्छ। मतदातालाई अनुभवी र जिम्मेवार नेतृत्वमा भोट हाल्न आग्रह गर्दछु।”
धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख तिलक राईले धरानको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने —“मुलुक अप्ठ्यारो अवस्थामा छ,धरान तँ अझ अप्ठ्यारो छ । तर नेपाली कांग्रेस जिम्मेवारीपूर्वक उभिएको छ।”
राईले भने “हामी यहाँ केवल उपस्थित मतदातालाई नभई,आगामी कार्यक्रमका सहभागी र क्षेत्रका सबै नागरिकलाई सम्बोधन गर्दैछौँ।
पूर्व नगरप्रमुख राईले भने धरानको नेतृत्व गर्दा हामीले कहिल्यै कसैलाई दुर्व्यवहार गरेनौं । जनातालाई प्रहरी बोलाएर पठाएनौं,स्थानीय प्रहरी प्रशासनको दुरुपयोग गरेनौं तर जनताको समस्यामा सदैव सहकार्य गरयँै।’
धरान–४, २०, ५ लगायतको सडक र पुल निर्माणको जिम्मेवारी र विश्वास नेपाली कङ्ग्रेसले सुनिश्चित गर्नेछ।” अधुरा काम पूरा गर्नका लागि नेपाली कङ्ग्रेसलाई भोट दिनुपर्छ।
धरान–४, २०, ५ लगायतको सडक र पुल निर्माणको जिम्मेवारी र विश्वास नेपाली कङ्ग्रेसले सुनिश्चित गर्नेछ।”
नेपाली काग्रेसका उम्मेदवार गोलेलाई समर्थन गर्दे राईले भने “आदिवासी–जनजाति आन्दोलनमा लामो अनुभव र शालीन नेतृत्व प्रस्तुत गर्दै आएका छन्। भरौल, चतरा, बक्लौरी लगायत विकट क्षेत्रका आमाबुवा, दाजुभाई, दिदीबहिनीहरूले विश्वास राख्दै यसपाली कांग्रेसकै नेतृत्वमा प्रतिनिधित्व हुनु आवश्यक छ।” भनेका छन । स्थानीय समुदायको आशीर्वाद र विश्वासलाई आधार बनाएर नेपाली कांग्रेसको नेतृत्वमा विजयी भएर जनताको सेवा गर्न सदैव प्रतिबद्धता छ।”पार्टी र उम्मेदवार दुवैले अनुभवी, जिम्मेवार र क्षेत्र–केन्द्रित नेतृत्वमा मतदानको अपिल गरेका छन्।


