
धरान: बिन्युज नेपाल न्युज पोर्टलको आज आईताबार धरानबाट सुभरम्भ भएको छ।
औपचारिक उद्वाटन समारोहमा बोल्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले स्थानीय सरकारले कुनै पनि नागरिक वा पत्रकारप्रति अपमान वा दुर्व्यवहार नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
भने“धरान उपमहानगरपालिकाले सञ्चार क्षेत्रलाई गहिरो सम्मान गर्छ। पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो, त्यसैले अनुसन्धान, निगरानी र आलोचनात्मक रिपोर्टिङ आवश्यक छ।”
बेघाले पत्रकारहरूलाई नगरपालिकाको बजेट, प्रशासनिक खर्च, इन्धन प्रयोग, चिया–खर्चदेखि लिएर बजेट विनियोजनसम्मका सबै विवरणहरू अनुसन्धान गरी सार्वजनिक गर्न प्रोत्साहित गरे।
बेघाले भने अवका दिनमा “मिडियाले मेयर–उपमेयरले कति चिया पिए, कति इन्धन प्रयोग गर्यो, बजेट कहाँ कसरी खर्च भयो—यी सबै बाहिर ल्याउन सक्नुपर्छ। यही नै वास्तविक पारदर्शिता हो।”
नगरप्रमुख हर्क साम्पाङ लाई लक्षित गर्दै बेघाले अघिल्लो कार्यकालप्रति आलोचनात्मक टिप्पणी गर्दै भने,“अघिल्लो कार्यकालमा मुखले मात्र पारदर्शिता र जवाफदेहिताको कुरा भयो, तर व्यवहारमा रकम झवाम पारियो।,मैले बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेको एक हप्ता भित्रै धरान खानेपानी बोर्डको आर्थिक अडिट रिपोर्ट सार्वजनिक गरेँ र सम्पूर्ण कारोबार अनलाइन गरियो।”
उनले धरान खानेपानी बोर्ड को गतिविधि र वित्तीय प्रतिवेदन प्रत्येक महिना सार्वजनिक गर्ने प्रणाली विकास गरिएको जानकारी दिँदै जवाफदेहिता र पूर्ण पारदर्शितामा आफू प्रतिबद्ध रहेको बताए।
बेघाले धरानको सञ्चार क्षेत्रमा योगदान पुर्याएकोमा बिन्युज नेपाल टोलीलाई बधाई दिँदै आशा व्यक्त गर्दे भने “पोर्टलले स्थानीय सामाजिक,राजनीतिक र आर्थिक मुद्दामात्र होइन, राष्ट्रिय स्तरमै प्रभावशाली भूमिका खेल्नेछ।”
उद्धघाटनमा बोल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले आधुनिक मिडियाले वास्तविकता बाहिर ल्याउन नसक्ने बताए । आधुनिक च्याउसरि फैलिएको मिडियाले चटपटे जस्तै भएको भन्दै पत्रकारिताको वर्तमान अवस्था,प्रविधि र एआईको प्रभाव माथि गम्भीर चिन्ता व्यक्त गरे। क्षति सत्य, वास्तविकता र गहिराइ” नल्याउनु हो ।
उनले भने,“आज सामग्रीलाई सत्यको खोजी होइन, व्यावसायिक उत्पादनझैँ व्यवहार गरिँदैछ। आधुनिक मिडियाको सबैभन्दा ठूलो क्षति भनेको — सत्य, वास्तविकता र अर्थपूर्ण गहिराइ हो।”
उनले सामग्री सिर्जनाकर्ताहरूलाई कारखानासँग तुलना गर्दै भने “आज सूचना भन्दा पनि ‘प्याकेजिङ’ बिक्छ। जस्तै चाउचाउको र्यापरमा प्रतिस्पर्धा हुन्छ, त्यस्तै मिडियामा ‘प्रस्तुति’ र ‘रेप’ मा प्रतिस्पर्धा भइरहेको छ।”
सुब्बाले डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले सामग्री उत्पादन सजिलो बनाएको तर गुणस्तरमा सम्झौता भइरहेको बताए।
मोबाइल फोनकै भरमा जो–कोही फोटो–भिडियो सम्पादनकर्ता बनेको औपचारिक पत्रकारिता प्रशिक्षण बिना सामग्री उत्पादन सम्भव भएको जस्ता एआई उपकरणहरू लेखन क्षमताको विकल्पझैँ प्रयोग हुन थालेको तर उनले जोड दिए—
“प्रविधिले सामग्री बनाउन सक्छ, तर सिर्जनशील पत्रकारिता भनेको तथ्य प्रमाणीकरण, सन्दर्भ बुझाइ र एआई–उत्पन्न भ्रमबाट सत्य छुट्याउने मानवीय विवेक हो।”नैतिक जिम्मेवारी र पत्रकारिताको मूल्य बुझन सुब्बाले आग्रह गरे ।
सुब्बाले पत्रकारिताका मूल्यमान्यतामा फर्कन आग्रह गर्दै भने पैसाको लोभ वा सामाजिक सञ्जालको ‘भ्यूज’ का लागि नैतिकता नत्याग्न र अप्रमाणित तथ्यमा आधारित काल्पनिक चुनावी नतिजा घोषणा गर्ने प्रवृत्तिको विरोध गर्दे वस्तुनिष्ठ सत्यमा आधारित रिपोर्टिङ अनिवार्य हुनुपर्नेमा जोड दिए ।
सुब्बा आफ्नो यात्रा स्मरण गर्दै उनले भने—“लेटरप्रेसदेखि अनलाइन प्रतिस्पर्धासम्म आइपुग्दा मैले बुझेको कुरा एउटै हो । सन्दर्भ बुझ्नु र पानीमा पौडी खेल्न जान्नु नै पत्रकारिता बुझ्ने वास्तविक तरिका हो।”
विन्युजको उद्धघाटनका क्र्रममा समाजीक व्यक्तित्व पिताम्बर अग्रवाल लगायतले बोलेका थिए ।
दन्तकाली मिडिया प्रालि द्वारा सञ्चालित बिन्युज अध्यक्ष तथा प्रबन्ध निर्देशक विनय प्रधान हुन भने प्रधान सम्पादक राजेन्द्र प्रसाद पोखरेल र कार्यकारी सम्पादक गोबिन्द बस्नेत हुन । धरानबाट सञ्चालित विन्युजले सत्य तथ्य अनलाईन न्युज प्रकाशित गर्ने छ ।

