धरान विशेष

सुनसरी–१ नेमकिपा उम्मेदवार महेश श्रेष्ठको २४ बुँदे चुनावी प्रतिबद्वतापत्र सार्वजनिक


धरान: आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल मजदुर किसान पार्टीले सुनसरी क्षेत्र नं १ का उम्मेदवार महेश श्रेष्ठको २४ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा महेश श्रेष्ठले घोषणापत्र प्रस्तुत गर्दै श्रम, किसान, महिला, दलित, आदिवासी, युवा, जेष्ठ नागरिक, अपाङ्ग, संस्कृति, पर्यटन, खेलकुद र आत्मनिर्भर अर्थतन्त्रलाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रतिबद्धताहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निजीकरण नगर्ने, पूर्ण सरकारी सेवामुखी बनाउने।,निःशुल्क आधारभूत उपचार, घुम्ती स्वास्थ्य शिविर, सरकारी विद्यालयको गुणस्तर सुधार।,प्राविधिक शिक्षापछि रोजगारीको सुनिश्चितता गर्दे वैदेशिक रोजगारीमा शोषण रोक्न कडा कानुन, परिवारलाई सामाजिक–आर्थिक सुरक्षा प्रदान गर्नु । किसानहरुलाई मल, बीउ, सिँचाइ, बजार सुनिश्चितता गर्दै साना, घरेलु उद्योगलाई संरक्षण र सहुलियत ऋण उपलब्ध गर्नु । महिला व्यवसायिक तालिम र बजार प्रवर्धनमा राज्यले सहयोग प्रदान गर्नु पर्ने साथै सहकारी ठगीविरुद्ध कडा संघीय ऐन निर्माण गरी लघुवित्त ऋणका कारण हुने आत्महत्याको अन्त्य गनुपर्नेमा जोड दिएका छन ।
उनको प्रतिवद्धतामा महिला हिंसा र लैङ्गिक विभेदविरुद्ध कडा कानुन, समान ज्याला, समान अधिकार स्थापना गर्नुपर्ने । दलित र आदिवासीको शिक्षा, रोजगारी, आवास र सांस्कृतिक संरक्षण गर्दे, जेष्ठ नागरिक, अपाङ्ग, असक्तलाई निशुल्क उपचार, मिलन केन्द्र, घरमै बैंकिङ र सामाजिक सुरक्षा दिने व्यवस्थालाई प्राथमिकतामा जोड दिएका छन । साथै अटिजम र विशेष आवश्यकता भएका बालबालिकाको विशेष शिक्षा र उपचार व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन । यस्तै शुद्ध खानेपानीलाई मौलिक हकको व्यवस्था गनुपर्ने । दीर्घकालीन जलस्रोत संरक्षण, महसुल घटाउने पहल गनुपर्ने । सिमसार, वन र जैविक विविधताको संरक्षण गर्दे मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र क्षतिपूर्ति दिनुपर्ने । उच्च क्षमताको विद्युत प्रसारण लाइन मुनि बसोबास गर्ने बस्तीको सुरक्षा दिनुपर्ने । धरानलाई उपभोगमुखी शहरबाट उत्पादनमुखी शहर बनाउनु पर्ने “एकद्वार व्यवसाय सेवा केन्द्र” स्थापना गर्नुपर्ने स्थानीय उत्पादन प्रवर्धन, पर्यटन–संस्कृति–स्थानीय उत्पादनसँग जोड दिईने । साना, मझौला उद्योग र रोजगारीमा प्राथमिकता दिईने छ ।

खेलकुदलाई स्वास्थ्य, अनुशासन, पहिचान र रोजगारीसँग जोडिएको राष्ट्रिय पूँजी निर्माण गर्दै पालिका–वडामा खेलमैदान, कभर्ड हल, जिम हल स्थापना गर्ने ।छात्रवृत्ति, पोषण, स्वास्थ्य बीमा, सरकारी रोजगारीमा प्राथमिकता दिईने ।
सार्वजनिक प्रतिबद्धतामा नेपाली पत्रकारितालाई मर्यादित र सम्मानित तुल्याउने उल्लेख छ । साथै पत्रकारहरूको पेशागत दक्षताको अभिवृद्धि, पत्रकारहरूको सुरक्षा, स्वास्थ्य उपचार सेवा, आर्थिक सुदृढीकरण, हक हितका लागि नीति निर्माण र कार्यान्वयन गराउन जोड दिइने उल्लेख छ । नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन र राष्ट्रियताको संवर्धन गर्नका लागि पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गराउन जोड दिइने उल्लेख गरेका छन् । साथै सुनसरीको बहुजातीय अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सूचीकरण र अन्तर्राष्ट्रियरण,धार्मिक–सभ्यतागत स्थलहरू बराहक्षेत्र, औलीया मठ, सूर्यकुण्ड, पिण्डेश्वर, रामधुनी, विष्णुपादुका, दन्तकाली धार्मिक साँस्कृतिक र पर्यटकीय हव बनाउन जोड दिएका छन ।
सुनसरी क्षेत्र १ लाई आत्मनिर्भर, समावेशी र समृद्ध बनाउने मेरो स्पष्ट, दृढ र सार्वजनिक प्रतिबद्धता हो। शोषणविरुद्ध, भ्रष्टाचारविरुद्ध र जनपक्षीय विकासका लागि नेमकिपालाई विजयी बनाउन आग्रह गर्दे ‘मादल’ चिन्हमा मतदान गर्न आग्रह गर्दे । विश्वास गरेर मतदान गरे तपाईँको शिर झुक्न दिने श्रेष्ठको प्रतिवद्धता रहेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।