विचार

मनोजः भूगोल र मन जोड्न आएको मान्छे


मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ ।
तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उनी ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष भए । पहिलो स्थानीय निर्वाचनमा त धरानमा माओवादीको नाममा खाता खोल्ने उम्मेदवारको नाममा मनोज भट्टराईको नाम जोडिन्छ । यो दुई कार्यकालको अनुभवले मनोजलाई परिपक्व नेतृत्वको रुपमा स्थापित गरायो । यो कार्यकालमा उनले धरान १७ को रेल्वेचौकलाई बगैचासहितको ४ लेनको सडक बनाए जो धरानको एकमात्र सडक हो । सरस्वती ढल तथा करिडोर निर्माण ६ करोड बजेट लगाउन सफल भए । धरानभित्रकै एकमात्र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र आफ्नो वडामा स्थापना गरे अनि वडाध्यक्ष भएवापत आउने सेवासुविधा नलिएर राजश्वमा जम्मा गरिदिए । यसैगरि कोभिडको समयमा सचेत नागरिक समाज धरान १७ सङ्गको सहकार्यमा खाद्यान्न वितरण, क्वारेन्टाइन केन्द्र स्थापना तथा अप्ठ्यारेमा परेका ३ सय ५० जनालाई दैनिक ४६ दिन खाना खुवाए ।
वडाध्यक्ष भएपछि संस्थागतरुपले मनोज भट्टराई खानेपानी व्यवस्थापन बोर्डको सदस्य बने, रेडक्रसमासमेत सक्रिय रहे, सुनसरी जिल्ला जुडो सङ्घको अध्यक्ष भए, धरान उपमहानगरपालिकाको प्रवक्ता बने अनि नेपाली कम्युनिस्ट पार्टी हुनुअगाडिको नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रदेश सदस्य रहे । यतिबेला भने उनी प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् । अर्थात, नेतृत्वको कोणबाट अलि ठूलो भूगोल र जिम्मेवारीमा । निर्वाचनमा जित्ने उनको आधार के त ? उनी भन्छन्–‘जनताको माया र सद्भाव अनि मेरो कामप्रतिको जवाफदेशिता ।’
प्रतिस्पर्धीहरुलाई गालीगलौज नगर्ने प्रतिवद्धता लिएर चुनावी मैदानमा उत्रिएका उनीसङ्ग ‘फिजिकल कनेन्टिभिटी’ र ‘स्पिरिचुवल कनेक्टिभिटि’को मुद्धा छ । अर्थात, उनी धरान–बराहक्षेत्र– रामधुनीलाई जोड्न चाहन्छन्–‘फिजिकल्ली र स्पिरिचुअल्ली’ । सडक सञ्जाल उनको ‘फिजिकल्ली कनेक्टिभिटि’को मुद्दा हो । मनोज भट्टराई भन्छन्–‘सुनसरी क्षेत्र १ को चुनावी भूगोल धरान, बराहक्षेत्र र रामधुनी नगरपालिका सङ्ग जोडिन्छ तर मनमा चै सर्दु वारि र सर्दु पारि भन्ने मनोविज्ञान छ । म यो मनोविज्ञानलाई ‘फिजिकल कनेक्टिभिटि’को मुद्दाले निमिट्यान्न पार्न आएको हुँ ।’
उनको ‘स्पिरिचुवल’ मुद्दा चै धरान, बराहक्षेत्र र रामधुनीलाई धार्मिकरुपमा जोड्ने मुद्दा हो । उनको विचारमा धरान, बराहक्षेत्र र रामधुनीलाई धार्मिकरुपमा जोड्न सकिन्छ भन्ने छ । धरान–१४ मा रहेको दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर तथा धरान–२० रहेको विष्णृुपादुका मन्दिरलाई बराहक्षेत्र नगरपालिकाको बराहक्षेत्र मन्दिर र रामधुनी रामधुनी नगरपालिकाको रामधुनी मन्दिरसङ्ग जोडेर ‘स्पिरिचुवल कनेक्सन’ गर्न सकिन्छ भन्ने सोच बोकेका छन् । मनोज भट्टराई भन्छन्–‘यसरी जोडेर धार्मिक पर्यटनमार्फत हामी ‘स्पिरिचुवल कनेक्टिभिटि’मा रहन सक्छौ ।’यी बाहेक उनीसङ्ग धरान–२० लाई पहाडी वडाको रुपमा स्थापित गरेर यसको सुन्दरतालाई जोगाउनु पर्छ भन्ने मान्यता राख्छन् । किन पहाडी वडाको रुपमा जोगाउने त ? उनको तर्क छ –‘धरान यस्तो होस्, जहाँ पहाड पनि होस् र मैदान पनि ।’ उनीसङ्ग भएको अर्काे योजना भनेको धरान–१४ लाई धरानको धार्मिक पर्यटनको ‘हब’ बनाउने, किनकि यहाँ धरान नामलाई चलायमान बनाउने दन्तकाली र पिण्डेश्वरी मन्दिर छ भने किरातहरुको आस्था जोडिएको बुढासुब्बा माङ्खिम पनि छ । यही सेरोफेरोमा किरात इतिहाससङ्ग जोडिएको दरबार क्षेत्रलाई पर्यटनसङ्ग जोड्ने योजना पनि उनीसङ्ग छ ।
उनले ‘स्पिरिचुवल र फिजिकल कनेक्टिभिटी’को कुरा गर्दा उद्योग, शिक्षा र स्वास्थ्यलाई भुलेको भने होइन । केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरेर शैक्षिक तथा स्वास्थ्य केन्द्रको थलो बनाउने हुटहुटी छ । निर्वाचन क्षेत्रभित्र रहेका विभिन्न वन तथा प्राकृतिक तालहरुलाई स्तरोन्नती गर्ने योजना छ ।

यसैगरि साहित्य, खेलकुद, सङ्गीत र नाट्य क्षेत्रको प्रवद्र्धनमा जोड दिने, खानेपानीको अभाव तथा सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने योजना पनि बोकेर चुनावी मैदानमा रहेका छन् । अझ, धेरै त धरान–लेउती बहुउद्देस्यीय सुरुङमार्गलाई राष्टिय गौरवको योजनामा समावेश गर्ने लक्ष्य छ, जुन सुरुङमार्गबाट तमोरको पानी ल्याउने योजना पनि छ ।
सुनसरी १ को भूगोललाई यति धेरै नजिकबाट हेर्न सक्नु र जोड्न सक्ने रणनीतिको तयारी गर्न के कुराले सक्षम बनायो त ? मनोज भन्छन्–‘म रैथाने हुँ नि त ! म धरान–१७ मा जन्मिएँ, हुर्किएँ, महेन्द्र कलेज धरानमै पढेँ र धरान–१७ मा दुई कार्यकाल वडाध्यक्ष भएँ ।’ तिलकबहादुर भट्टराई र कृष्णकुमारी भट्टराईको दोस्रो सन्तानकोरुपमा २०४० सालमा जन्मिएका मनोज भट्टराई धरान बसाइको साइनोमा बराजु पुस्ताको ‘लिगेसी’ छ । धरान–१७ मा धनकुटाको आँखिसल्लाबाट मनोजका बराजु सनमान भट्टराई धरान झरेका थिए, जसले झोडा फाँडेर घर बनाए । मनोजका एक दिदी, दुई बहिनी र एक भाइ छन् । अन्तरजातीय विवाह गरेका उनी तीन सन्तानका बुबा हुन् । मनोज भन्छन्–‘मलाई भोट दिनुहोस्, म भूगोल र मन जोड्ने पुलको काम गर्नेछु ।’

छुटाउनुभयो कि ?

विचार

छैठ पुजा समाबेसी बन्दै

छैठ पर्व नेपालको तराई क्षेत्रमा मदेशी समुदायले मनाउदै आएता पनि विगत केही वर्षदेखि पहाडी समुदायका सम्पूर्ण जातिहरुले समावेशी पर्वको रुपमा
विचार

यसपालीको साकेलामा भएन किरात प्रदेशको चर्चा

धरानको सप्तरङगी पार्कमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितीको आयोजनामा शनिवार किरात राईहरुको महान पर्व उभौली साकेला सिली भव्यताका साथ