व्यवसाय

कोशी प्रदेशमै पहिलोपटक धरानमा अल्टिमाको सातौं फ्रान्चाइज आउटलेट सञ्चालनमा


धरान: अल्टिमा लाइफस्टाइलले कोशी प्रदेशमै पहिलोपटक धरानमा आफ्नो सातौं फ्रान्चाइज आउटलेट सञ्चालनमा ल्याउँदै बजार विस्तार गरेको छ।
पूर्वी नेपालमा पहिलोपटक फ्रान्चाइज मोडल मार्फत प्रवेश गरेको अल्टिमाको सातौ नयाँ शाखा शुक्रबार धरानमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।
२०१३ मा स्थापना भएको अल्टिमेट लाइफस्टाइलले किफायती मूल्यमा गुणस्तरीय प्रविधि सामग्री उपलब्ध गराउने उद्देश्यसहित बजार विस्तार गर्दै आएको छ। कम्पनीका प्रतिनिधिका अनुसार मूल्य र गुणस्तरबीच रहेको बजारको खाडल कम गर्नु नै ब्रान्डको मुख्य लक्ष्य रहेको अल्टिीमाका जेनेरल म्यानेजर प्रज्वल ढकालले बताए । ढकालले भने “आउटलेटकालागि धरान ‘अनुभव क्षेत्र’अवधारणामा आधारित रूपमा सञ्चालन गरिएको छ,जहाँ ग्राहकहरूले खरिदअघि उत्पादन परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ। यसले ग्राहक–विश्वास र प्रत्यक्ष अनुभवलाई प्राथमिकतामा राखेको कम्पनीको रणनीति झल्काउँछ।”
उद्घाटन अवसरमा पब्लिक रिलेशन म्यानेजर साझी श्रीवास्वले अल्टिमाले फेब्रुअरी ७ देखि १४ सम्म विशेष अफर समेत रहेको जानकारी दिईन। एक हप्ता सम्म सञ्चालन हुने अफरमा ३० हजार पर्ने माइक्रोफोनहरू ३५ सय देखि ४ हजार मूल्य उपलब्ध गराउदै १०० ग्राहकलाई ३, हजार ५९९ पर्ने इयरबड ९ सयमा बिक्रीवितरण गर्ने र ५० हजार मूल्य बराबरको प्रिमियम टेक कम्बो स्पिकर, पावर बैंक, स्मार्टवाच र इयरबड सहितको बन्डल १९ हजार ९९९ मा उपलब्ध गराउनुको साथै भ्यालेन्टाइन अफर समेत रहेको शाखा प्रबन्धक श्रीवास्वले जनाकारी दिईन । उनले भ्यालेन्टाइन अफर अन्र्तगत ‘एउटा सामान किन्दा अर्को फ्रि’ योजना सहित विशेष भ्यालेन्टाइन अफर सञ्चालन रहेको श्रीवास्तवले बताईन ।
अल्टिमा स्टोरमा हालसम्म एयरपड(इयरबड),स्मार्टवाच,पावर बैंक,चार्जर,स्पिकर तथा साउन्ड सिस्टम,माइक्रोफोन विक्रीमा रहेका छन ।
धरान फ्रान्चाइजमा करिब २५ देखि ३० लाखसम्मको लगानी भएको जनाइएको छ। कम्पनीका प्रतिनिधिका अनुसार पारदर्शिता, विश्वसनीयता र गुणस्तर नै ब्रान्डको मुख्य आधार हो।
यस सुरुवातसँगैअल्टिमा लाइफस्टाइलले आगामी वर्षहरूमा नेपालभर ३० देखि ४० आउटलेटसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।
कोशी प्रदेशमै पहिलो फ्रान्चाइज स्टोरको रूपमा धरान आउटलेटको सुरुवातलाई ब्रान्डले रणनीतिक विस्तारको महत्वपूर्ण चरणको रूपमा लिएको छ। यसले स्थानीय बजारमा प्रविधि पहुँच, प्रतिस्पर्धा र उपभोक्ता छनोटको दायरा थप फराकिलो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई