खेलकुद

२६ औँ बुढासुब्बा गोल्डकप: झापा ११ झापा क्वाटरफाइनल प्रवेश


धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा झापा ११ झापाले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ झापाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो।
निर्धारित ९० मिनेटको खेलमा झापा ११ झापाले खेलको पहिलो हाफको ३५ औँ मिनेटमा मौसब सुब्बाको पासमा सुनिल खड्काले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए।
दोस्रो हाफको १८औँ मिनेटमा राजेश दाहालले एकल प्रयासमा शानदार गोल गर्दै अग्रता दोब्बर बनाए।
रोयल थिम्पु भुटानले खेलको २१औँ मिनेटमा कर्नर अवसर पाए पनि गोलमा परिणत गर्न सकेन। खेल अवधिभर भुटानी टोलीका थुप्रै प्रहार प्रयासहरू असफल भए।
दर्शकको उत्साहपूर्ण समर्थन पाएको झापा ११ झापाले खेलअवधिभरि आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो।
खेलको ‘म्यान अफ द म्याच’ झापा ११ झापाका खेलाडी राजेश दाहाल घोषित भए। उनले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
गोल्डकप विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ्न ।
प्रतियोगिताको भोलि शनिबार हुने खेलमा प्लानिङ ब्वाइज काठमाडौं र न्युरोड टिम एनआरटी क्लब काठमाडौं बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
एनआरटी क्लब काठमाडौं बुढासुब्बा गोल्डकपको ह्याट्रिक बिजेता समेत हो । एनआरटीले प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुरास ए पोखरा ,सात दोबाटो यूथ क्लब ललितपुर, प्लानिङ ब्वाईज क्लब काठमाडौँ, झापा ११ झापा, धरान फुटबल क्लब धरान छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक