खेलकुद

२६ औ संस्करणको अन्तरास्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा


धरान: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रङ्गशालामा बिहिवार देखी सुरु हुने भएको छ।
गोल्डकपको उद्घाटन खेल धरान फुटबल क्लव र जर्जियन क्लब भारत बिच हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक धरान फुटबल क्लव घरेलु खेलाडी सहित बिजेता बन्ने दाउमा रहेको धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङले बताए । जर्जियन क्लब भारत भने पहिलो पटक बुढासुब्बा गोलडकपका लागि धरान आउने भएको छ । २६औँ बुढासुब्बा गोल्डकपमा १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन ।
यसअघिसम्म प्रतियोगितामा ८ वटा टिमबाट सञ्चालन हुँदै आएकोमा विगतका अनुभवका आधारमा आगामी संस्करणमा सहभागी टिमको सङ्ख्या १२ सम्म पुर्‍याइने अध्यक्ष तामाङले बताए ।
धरान फुटबल क्लबद्वारा आयोजित गोल्डकपको सबै तयारी पुरा भएको अध्यक्ष तामाङले बताए । २६ वर्ष अघि २०५५ देखी सुरु भएको बुढासुब्बा गोल्डकप फुटबल काठमाडौँ उपत्यका बाहिर पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता समेत हो ।
प्रतियोगिता धरान–१६ स्थित धरान रङ्गशालामा शनिवार माघ २२ देखी सुरु हुने गोल्डकप फागुन २ गते सम्म सञ्चालन हुनेछ ।
२६औँ बुढासुब्बामा पहिलो पटक नयाँ टिमको रूपमा सात दोबाटो यूथ क्लब ललितपुर र लालिगुरास ए पोखरा सहभागी हुने बताइएको छ । सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुरास ए पोखरा ,सात दोबाटो यूथ क्लब ललितपुर, प्लानिङ ब्वाईज क्लब काठमाडौँ, झापा ११ झापा,धरान फुटबल क्लब धरान सहित १० वटा टिमले सहभागिता जनाउने भएको अध्यक्ष तामाङले बताए ।
सम्मेलनमा गोल्डकप विजेतालाई नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार धरान उपमहानगरपालिकाले प्रयोजन गर्ने अध्यक्ष तामाङले बताए ।
उत्कृष्ट खेलाडी नगद ३ लाख ५० हजार डियो स्कुटर होन्डा कम्पनीले दिने भएको छ । भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । खेलाडीहरुलाई २६ वटा केलमीको जर्सी गुरुङ विविक्युले प्रदान गरेको छ ।
उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार राखिएको छ । सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ ।
आयोजक धरान फुटबल क्लबले मैदानमा पानी हालेर हरियो बनाउने, मैदान वरपर सरसफाइ तथा प्यारापिट मर्मत गर्ने कार्य बिहीबार अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि,सहप्रयोजक रेडबुल र सहप्रयोजक आइएमई बैङ्क, क्वालिटी नुडल्स विदेशी सङ्घ संस्था लगायत रहेका छन् ।
यसपालि तर्जुमा गरिएको बजेटमा धरान उपमहानगरपालिका १५ लाख, कोशी प्रदेश खेलकुद विकास बोर्ड १५ लाख, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि १० लाख, सहप्रयोजक रेडबुल ५ लाख, अन्य प्रायोजक ५ लाख, विदेशी संघसंस्थाहरुको सहयोग २५ लाख, टिकट विक्री १५ लाख, स्थानीय सरकारी, गैरसरकारी सङ्घ संस्था एवं व्यक्तिहरूबाट सहयोग १० लाख, देव मोर्टस ३ लाख ५० हजार, सुनसरी टेक्निकल २ लाख, सुनसरी उद्योग वाणिज्य सङ्घ १ लाख, क्याटिन बिक्री ५० हजार आय हुने अनुमान गरिएको छ ।
यसपालि विशेष सहयोगी अरुण राई पोर्चुगल, कोशी प्रदेश सरकार,राष्ट्रिय खेलकुद परिषद् धरान युके हेल्पिङ हेण्ड्स, हङकङ नेपाली महासङ्घ, धरान ८ समाज हङकङ, धरान १७ समाज हङकङ, धरान यूथ एसोसिएसन हङकङ, धरान हेल्पिङ हेण्ड्स युएई, धरान बहराइन एकता समाज, अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, मकाउ लगायतका नेपालीहरूबाट सहयोग प्राप्त हुने बताइएको छ ।
२५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको बिजेता न्युरोड टिम ९एनआरटी० र उपविजेता लिग च्याम्पियन चर्च ब्वाइज रहेको थियो । एनआरटीले २४औँ संस्करण र १० औँ संस्करणको बिजेता समेत हो । २४ औ गोल्डकपको उपविजेता जिल्ला फुटबल सङ्घ मोरङ रहेको थियो। गोल्डकपमा पार्किङ निशुल्क गरिएको छ भने क्वाटरफाईनलसम्म १सय, सेमिफाईनलमा २०० र फाईनलमा ४०० रहने छ भने विद्यार्थीलाई आईडेन्टी कार्ड र स्कुल युनिर्फममा आए सेमिफाईनल सम्म ५० रुपैया मात्र लागने धरान फुटबल क्लवका अध्यक्ष तामाङले जानकारी दिए। टिकट खल्ति मार्फत समेत काटन पाईने छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक