
धरान: धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचार–प्रसारमा बालबालिका प्रयोग गरिएको आरोप लगाउँदै सुनसरी क्षेत्र नं १को निर्वाचन अधिकृतको कार्यालय र ईलाका प्रहरी कार्यलय धरानमा कार्वाहीको उजुरी दर्ता गरेका छन ।
आईतबार धरान नगर बाल सञ्जालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचारका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा प्रयोग गरिएको दाबी गर्दै निर्वाचन आयोग र ईलाका प्रहरी कार्यालय धरानमा उजुरी बुझाएको हो।
बाल सञ्जालका प्रतिनिधि रोजन शंकर तथा नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा उजुरी दर्ता गराएका हुन।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था उल्लेख गरिएको छ। उक्त कानुनी प्रावधान विपरीत बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बाल अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख छ।
बाल सञ्जालले विपक्षी हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन तथा निर्वाचन आचारसंहिता र प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले पत्र बुझदै निर्वाचन समितीले आवश्यक कारवाहीको प्रकिया अगाडी बढाईने बताए । आवश्यक प्रक्रियाकालागि मुख्य निर्वाचन प्रमुखको संयोजकत्वमा बनेको समितीले हेर्ने भएकाले पत्र तालुक निकायमा पत्राचार गर्ने बताए । उनले जिल्ला अनुगमन समितीमा अनुगमन अधिकृतका रुपमा जिल्लाका साहायक प्रमुख र कोष नियन्त्रक तोकेको समेत जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत घिमिरेले भने ‘तालुक निकायको अनुगमनबाट बालबालिका प्रयोग गरेको प्रमाणित भए १ लाख रुपैया सम्म जरिवाना र उम्मेदवारी दर्ता समेत खारेज हुन्छ ।’ ढुक्क हुनस आजै पत्र फरवार्ड गर्छु ।

