खेलकुद

सन्देश राई कोशी प्रदेश स्तरीय खुल्ला प्रो एमेच्योर गल्फ बिजेता


धरान: कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एमेच्योर गल्फ प्रतियोगिताको बिजेता सन्देश राई भए । उनले नगद ८ हजार प्राप्त गरे । प्रतियोगिताको उपबिजेता सुन्दर राई भए उनले नगद ८ हजार प्राप्त गरे ।
शुक्रबार देखि आयोजना भएको प्रतियोगिता धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
यस्तै गरी सिनियर बिजेता जोगमोहन राई भए उनले नगद ६ हजार प्राप्त गरे । महिला बिजेता बिना सापकोटा भए उनले नगद ५ हजार, फस्ट रनर अफ जुनियर प्रयास बस्नेतले ६ हजार, मस्ट ब्राईड राजेश राईले नगद ४ हजार, नियरेक्ष्ट टु द पिन राज प्रधाले नगद ५ हजार, लङगेष्ट ड्राईभ विवेक राईले ३ हजार भए ।
सेकेन्ड रनर अप पूर्ण लिम्बु, फस्ट रनर अफ दिल बहादुर गुरुङ, जुनियर बिजेता सिद्धान्त राई भए । उनीहरुले ट्रफी र गल्फ बलव प्राप्त गरे ।
प्रतियोगिताको पहिलो दिन प्रोफेस्नल प्रतिस्पर्धामा बिजेता सुमन परियार, उपविजेता सुमन राई तेस्रो स्थान टंकबहादुर कार्की र चौथो राजकुमार राई (राजेन) पाँचौ थामबहादुर राई छैटौं सविन सापकोटा,सातौं सुमन सापकोटा, आठौ बलभद्र राई भए । उनीहरुले १० /१० हजार नगद पुरस्कार प्राप्त गरे ।
बिजेता उपबिजेताले धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले पुरस्कार प्रदान गर्दे आगामी बजेटमा रेडबुकमा बजेट हाल्दै गल्फ प्रतियोगितालाई समेत प्रवद्र्धन गर्ने बताए ।
प्रतियोगितामा १८ का वडाअध्यक्ष प्रविन राई, १९ का वडा अध्यक्ष पूर्ण लिम्बु लगायतका गल्फका खेलाडीहरु उपस्थित रहेका थिए ।
एमेच्योर प्रस्पर्धामा जुनियर तर्फ ९ जना, प्रोफेसनल ८ गरि जम्मा ५८ जना खेलाडीहरुको सहभागीता रहेको आयोजक धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक