धरान विशेष

धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले दिए राजीनामा


धरान: धरान उपमहानगरपालिका–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा आईतबार कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वीकृत गरेका हुन।
राजीनामा दिएपछि वडा अध्यक्ष भट्टराईले निवर्तमान नगरप्रमुख हर्क साम्पाङलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि जितको शुभकामना दिएका छन्।
उनले चुनावी मैदानमा भेट हुँदा मित्रवत व्यवहार गर्न आग्रह गर्दै विगतमा जनताको काम गर्ने क्रममा देखिएका मनमुटाव र असमझदारीलाई बिर्सेर सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भट्टराईले रिसराग त्याग्दै प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउने घोषणा समेत गरेका छन्। उनी धरान–१७ का दुई कार्यकाल वडा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।