खेलकुद

धरान मेघा रेवाहाङ मेमोरियल यु–१८ बास्केटबल प्रतियोगिताको तयारी पूरा


धरान: स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकहरूले जानकारी दिएका छन्।
प्रतियोगिता आगामी माघ ६–११ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि रहनेछन्।
प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ टिम सहभागी हुनेछन्। प्रतियोगितालाई कोशी प्रदेशस्तरीय बनाउने तयारी भइरहेको र आगामी वर्षहरूमा धनकुटा, इलाम र उदयपुरका विद्यालयहरू पनि सहभागी गराउने योजना रहेको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।
प्रतियोगिता रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ र धरान मेघा हिमालयन कलेजले संयुक्त आयोजना गर्नेछन्।
प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरू सहभागी हुनेछन्।
प्रमुख सहभागीहरूमा हिमशिखर बोर्डिङ स्कूल,पूर्वाञ्चल स्कूल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कूल, नास्ट कलेज, धरान आदर्श स्कूल, धरान मेघा कलेज ए र बी,डिपो स्कूल, होलील्याण्ड इन्टरनेशनल स्कूल, क्यारेमल उच्च माध्यमिक स्कूल र विद्याभूषण स्कूल रहेका छन्।
अघिल्लो वर्ष १४ टिम सहभागी थिए भने यस वर्ष १९ टिमले सहभागिता जनाउने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।
सुवेदीले प्रतियोगितालाई कोशी प्रदेशस्तरीय बनाउने तयारी भइरहेको र आगामी वर्षहरूमा धनकुटा, इलाम र उदयपुरका विद्यालयहरूपनि सहभागी गराउने प्रयास भइरहेको बताए।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यालयबाट १२ जना खेलाडी, प्लस टु ९कक्षा ११–१२० भएको विद्यालयबाट कक्षा १० का ६ र कक्षा ११–१२ का ६ जना खेलाडी सहभागी हुनेछन्। फाइनल खेलमा एक मिनेटमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडीलाई थ्री पोइन्ट कम्पिटिशनमा पुरस्कृत गरिने छ।
विजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए।
प्रतियोगिता रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल सङ्घ र धरान मेघा हिमालयन कलेजले संयुक्त आयोजना गर्नेछन्।
स्वर्गीय रेवाहाङ राई २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएका थिए। उनका अभिभावकले उनको सम्झनामा अक्षय कोष स्थापना गरी प्रतियोगिता सुरु गरेका थिए। मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलले पुरस्कार राशी यस वर्ष ५ हजार बढाइएको र अक्षय कोषमा हाल दुई लाख रुपैयाँ रहेको जानकारी दिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक