
धरान: धरान ८ सभागृह मार्गका सुमन विश्वकर्माको अस्पतालबाट शव निकाल्न विश्वकर्मा युवा समाज धरानले पहल गरेको छ । समाजले आर्थिक सहयोग पनि गरेको छ ।
समाजका अध्यक्ष युवराज शंकरका अनुसार विश्वकर्मा पुस १० गते सुतिरेहको मैनवत्तिबाट आगो सल्केर भएको आगलागीमा परी गम्भिर घाइते भएका थिए ।
घाइते विश्वकमर्माको ग्रिनक्रस अस्पताल बिराटनगरमा उपचारका क्रममा पुस १५ गते मृत्यू भएको थियो । अस्पतालको शुल्क तिर्न नसकेपश्चात शव निकाल्न दिएको थिएन । उनको परिवार विश्वकमा परिवार समाजका अध्यक्ष युवराजसँग आएका थिए । समाजको पहलमा ३३ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष शंकरले बताए । समाजका सदस्यसँग उठाएर सहयोग गरेको उनले बताए । प्रदेश सरकार पूर्वमुख्यमन्त्रि तथा बाहलवाला मन्त्रिहरुसँग कुरा गरेर शव निकालेर सदगद भइसकेको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

