
धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दास्रो क्वाटर फाइनलको ट्राईबेकरबाट पहिलो खेलमा प्रभात स्कुल र दोस्रो खेलमा पिनाकाल स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो क्वाटर फाइनल खेलमा प्रभात सेकेण्डरी स्कुल धरानले दिल्ली पब्लिक स्कुल विराटनगरलाई ट्राईबेकरमा ४–२ ले हराउँदै सेमी फाइनलमा पुगेको हो ।
खेलको पहिलो हाफको ९ औ र २७ औं मिनेटमा प्रभात स्कुलका योपेस मगर र युवाहाङ राईले २ गोल गरे सँगै दोस्रो हाफको १६ औ र २० औ मिनेटमा दिल्ली पब्लिकका अमन खवासले २ गोल फर्काएपछि खेल बराबारीमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको थियो ।
ट्राईबेकरमा प्रभातका भुवन भण्डारी,युवाहाङ राई,असिम राई,नेमसाङ मगरले गोल गरे भने प्रशान्त उरावले गरेको प्रहार आउट भयो ।
खेलको म्यान अफ द म्याच प्रभात स्कुलका सिमन बिष्ट घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
दोस्रो क्वाटर फाइनलको दोस्रो खेलमा पिनाकाल ज्ञान मन्दिर कानेपोखरी मोरङले नेपाल पुलिस स्कुल धरान निलोलाई ४–३ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा पिनाकाल स्कुलका सन्दीप मगर, अशिम गुरुङ,लक्ष्मण तामाङ र सक्षमा राज थापाले गोल गरे भने नयन लावतीको गोल प्रहार विफल भएको थियो ।
नेपाल पुलिस स्कुल धरान निलोका जोनेक्स राई,स्र्णिम याक्खा र स्वपनिल याक्खाले गोल गरे भने उज्जवल घतानी र यारिन भुजेल प्रहार विफल भयो ।
खेलको म्यान अफ द म्याच पिनाकाल स्कुलका नयुन लावती लिम्बू घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।

