
धरान: महिला तथा बालबालिका संरक्षण मञ्चको १३औँ साधारण सभाबाट उमिता बराईली अध्यक्षमा सर्वसम्मत चयन भैइन ।
बराईलिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो । मञ्चको उपाध्यक्ष कल्पना राई, सचिव खड्ग कुमारी राई, सहसचिव शुसिला राई कोषाध्यक्ष अमृता रामदास रहेका छ्न ।
सदस्यहरूमा सुनिता मेयोङवा, सुमित्रा कार्की, अनिता गुरुङ र यसोदा बराईली चयन भएका छ्न ।
मञ्चमा २ जना थप गरी ११ सदस्यीय बनाइने संस्थाले जनाएको छ।
मञ्चको १३औँ साधारण सभामा प्रमुख अतिथि
कोशी प्रदेशसभा सदस्य सपना परियार रहेको थिईन । सयोजक भबिन विश्वकर्माको संयोजनमा सम्पन्न सभामा जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरे र धरान–१७ की वडा सदस्य लक्ष्मी राई अतिथि रहेको थिईन ।
कार्यक्रममा उपाध्यक्ष कल्पना राईले स्वागत मन्तव्य राखिन भने सचिव खड्ग कुमारी राईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिईन ।
मञ्चकालागी बराहक्षेत्र वडा नम्बर ५ मा १ कठ्ठा नम्बरी जग्गा निःशुल्क दिए बापत जग्गा दाता बराहक्षेत्र–५ कालाबञ्जार निवासी समाजसेवी वाचस्पति बराल र उनकी पत्नी योगमाया बराललाई साधारणसभामा योगदानको कदरस्वरूप दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो।

