खेलकुद

सातौँ डिआइजी रनिङ कपमा बाल्मिकी स्कुल विजयी


धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको दोस्रो दिनको खेलमा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल बिजयी भएको छ ।
बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल मोरङले निधी सेकेण्डरी स्कुल बिर्तामोडलाई २–१ गोलले पराजित गरेको हो ।
बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताको १ मिनेटमा बालिमकी स्कुलका साङ्केन बान्तावा राईले १ गोल, खेलको ५ औँ मिनेटमा मनिष दुलालले १ गोल गरे । भने खेलको दोस्रो हाफमा निधी सेकेण्डरी स्कुल बिर्तामोडको तर्फबाट पुजन ढकालले सान्तवना गोल फर्काएका थिए ।
खेलको म्यान अफ द म्याच वाल्मिकी स्कुलका साङ्केन वान्तवा राई घोषित भए। उनले नगद १ हजार ५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी भएका छन्।

प्रतियोगिताको भोली शुक्रबारको पहिलो खेल दिल्ली पब्लिक स्कुल विराटनगर र बाल्मिकी एजुकेसन फाउन्डेसन झापा ,दोस्रो खेल प्रभात सेकेण्डरी स्कुल धरान र सैनिक आवासीय महाविद्यालय धरान बिच हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक