समाज

सुनसरीमा आदिवासी जनजाति महासङ्घको छैठौँ अधिवेशन पौष ११ देखि धरानमा

धरान: नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन पौष ११ देखि १२ गते धरानमा आयोजना हुने भएको छ।
मङ्गलवार धरानमा आयोजित पत्रकार सम्मेलनमा अधिवेशनमा सङ्गठन सुदृढीकरण सहित नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने योजना, आदिवासी बहु जातीय सङ्ग्रहालयको कामलाई गति दिने, साथै जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण जस्ता विषयमा छलफल गरिने जानकारी दिए।
नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राईले अध्यक्ष प्रणालीमार्फत हालसम्म शेर्पा, तामाङ, गुरुङ र राई समुदायबाट अध्यक्ष चयन भइसकेका छन्। अब बाँकी १६ जातीय समुदायले नेतृत्व पाउने पालो आएको छ।
अध्यक्ष राईले अधिवेशनको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय श्रम सङ्गठन आर्ईएलओ महासन्धि नम्बर १६९ र संयुक्त राष्ट्रसङ्घीय आदिवासी अधिकार घोषणापत्र युएनडिपीआर २००७ को पूर्ण कार्यान्वयन रहेको बताए।
उनका अनुसार नेपाल सरकारले यी अन्तर्राष्ट्रिय कानुन अनुमोदन गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा चासो नदेखाएपछि आदिवासी अधिकारसम्बन्धी वकिल समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदै २०८२ जेठ २२ गते सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई कार्यान्वयन निर्देशन समेत दिएको छ । तर कार्यान्वयन भएको छैन यो मुद्वा छैठौ अधिवेशनको मुख्य मुद्वा रहने छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले