खेलकुद

जोलसाया, सिद्धार्थ शिशु क्वाटरफाईनल, डिपो र आइडल सेमिफाईनल प्रवेश


धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २० औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा जोलसाया,सिद्धार्थ शिशु सदन क्वाटरफाईनल प्रवेश गरेको छ भने डिपो र आइडल सेमिफाईनल प्रवेश गरेको छ ।
आईतबार भएको चौथो दिनको खेलमा ४ खेल सम्पन्न भएका छन्। चौथो दिनको पहिलो खेलमा जोलसाया एकेडेमीले एप्पल मन्टेश्वरीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
जोलसायाको तर्फबाटअनिश राई २ गोल र युनितम राईले दुई गोल,एक्सन राईले १ गोल,अग्नि कालिकोटेले १ गोल गरे।
दोस्रो खेलमा सिद्घार्थ शिशु सदनले समिट सेकेन्डरी बोर्डिङ स्कुललाई २–० गोलले पराजित गर्‍यो । सिद्घार्थ शिशु सदनका आदित्य नेपालले २ गोल गरे ।
प्लेट च्याम्पियनसिपका पहिलो क्वाटरफाइनल खेल डिपो सेकेन्डरी स्कुल र कारमेल हाई स्कुलबीच भएको थियो ।
पहिलो क्वाटरफाईनल खेलमा डिपो सेकेन्डरी स्कुलल कार्मेल हाई स्कुललाई ४–० गोलले पराजित गर्दे डिपो सेमिफाईनलमा प्रवेश गरेको छ ।
खेलमा डिपोका आशिष जिमीले पेनाल्टीमार्फत पहिलो गोल गरे । साथै इसाक लिम्बू, श्रीहाङ राई र करण खड्काले एक–एक गोल थपे ।
खेलको म्यान अफ द म्याच कारमेल हाई स्कुलका आयसा शाक्य घोषित भइन् । दोस्रो क्वाटरफाइनल खेलमाआइडल इङ्लिस बोर्डिङ स्कुलले नोबेल एकेडेमीलाई २–१ गोलले पराजित गर्दे आइडल स्कुल सेमिफाईनलमा प्रवेश गरेको छ ।
आइडलकाका सौरभ राईले २ गोल गरे भने नोबेल एकेडेमीका रेहान रसाइलीले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आईडलका सौरभ राई घोषित भए ।
ललित–अम्बर डिपो कप–२०८२ मा १६ विद्यालयको सहभागिता रहेको छ । भोलि हुने चार खेलमध्ये पहिलो दुई खेल प्लेट च्याम्पियनसिपका लागि र बाँकी दुई खेल डिपो कपको दोस्रो क्वाटरफाइनलका लागि हुने आयोजकले जनाएको छ ।
भोलिको प्लेट च्याम्पियनसिपको पहिलो खेल हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी र माउन्ट हर्मन एकेडेमी, धरान–१८ बीच हुनेछ ।
दोस्रो खेल प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ र युनाइटेड गोर्खा एकेडेमी, धरान–१५ बीच हुनेछ ।डिपो कपको दोस्रो क्वाटरफाइनल अन्तर्गत नेपाल पुलिस स्कुल, धरान–१३ र इम्मानुएल इङ्लिस बोर्डिङ स्कुल, धरान–१७ बीच पहिलो खेल हुनेछ । दोस्रो क्वाटरफाइनल खेल लिगामेन्ट स्कुल, धरान–१६ र धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ बीच हुने छ ।
डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समिति पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नामबाट प्रतियोगिताको नामकरण गरिएको हो । प्रतियोगिताको विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेता विद्यालयले शिल्डसहित नगद ७ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ ।यसैगरी, पराजित विद्यालयबीच हुने दिलकुमार प्लेट च्याम्पियनसिपका विजेताले नगद ३ हजार १११ रुपैयाँ तथा उपविजेताले नगद २ हजार १११ रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसअघि प्रकाशित समाचारमा धरान इङ्लिस बोर्डिङ स्कुलको नाम देउराली इङ्लिस उल्लेख हुन गएकोप्रति आयोजकले सच्याएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक